२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध

पाँच स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन सम्पन्न

पाँच स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन सम्पन्न
अ अ+ अ-

फुङ्लिङ । ताप्लेजुङ जिल्लाको पाँच स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्य सम्पन भएको छ । गत वैशाख पहिलो सातादेखि जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्य शुरु भई पाँच स्थानीय तहमा सम्पन्न भएर कोभिड–१९को सङ्क्रमणका कारणले गत हप्ता स्थगित भएको छ । पाँच स्थानीय तहमा जम्मा २४ हजार २०४ जनाले राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन भएको छ ।

फक्ताङलुङ गाउँपालिकामा चार हजार ६८६ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भएको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन ताप्लेजुङका स्रोत व्यक्ति तथा जिल्ला प्रशासन कार्यालयका सीमा प्रशासन अधिकृत सूर्यप्रसाद दाहालले बताउनुभयो । आठराइत्रिवेणी गाउँपालिकामा पाँच हजार २६५ जानको विवरण सङ्कलन भएको छ । त्यस्तै मैवाखोला गाउँपालिकामा चार हजार २८२ र फुङ्लिङ नगरपालिकामा छ हजार ८९५ जनाको विवरण सङ्कलन भएको दाहालले बताउनुभयो ।

मेरिङदेन गाउँपालिकामा छवटा वडा भएकामा १, २ र ३ वडा गरी जम्मा तीन हजार ७७ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भएको छ । वडा नं ४, ५ र ६ मा विवरण सङ्कलन हुन बाँकी रहेको कम्युटर अपरेटर वसन्त निरौलाले बताउनुभयो । दिन प्रतिदिन कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि विवरण सङ्कलन स्थगन गर्नुपरेको हो । कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा आएपछि अनुकूल समयमा बाँकी गाउँपालिकामा विवरण सङ्कलन हुने निरौलाले बताउनुभयो । पाथीभरा याङवरक, सिरिजङ्घा, मिक्वाखो र सिदिङ्वा गाउँपालिकामा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्न बाँकी रहेको छ ।