काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर वर्षाका कारण नदी र खोलाहरुमा बाढी आएको छ ।
वर्षाका कारण विष्णुमती, बागमती धोबीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भै रहेको छ । बिभागले नदी तटीय क्षेत्रहरूमा रहेकाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
फोटो-सामाजिक संञ्जाल
साउन २३ बिहान ७ः३० बजे
हाल काठमाडौं उपत्यकाको वागमाती, विष्णुमती,धोविखोला,मनोहरा लगायतमा जलसतह बढ्दो छ, र खतरा तह पुगेकाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले दिउँसो सम्म उच्च सतर्कता अपनाऔँ । pic.twitter.com/xixdfwAkFf— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 8, 2023