२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकप फुटबल: आयोजक अस्ट्रेलियासँग डेनमार्क पराजित



अ+ अ-

काठमाडौं: न्यूजील्यान्ड र अस्ट्रेलियाको सहआयोजनामा जारी महिला विश्वकप फुटबल अन्तर्गत आज भएको खेलमा आयोजक अस्ट्रेलियाले डेनमार्कलाई पराजित गरेको छ ।

स्टेडियम अस्ट्रेलियामा सम्पन्न खेलमा अस्ट्रेलियाले डेनमार्कलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अस्ट्रेलियाका लागि २९औं मिनेटमा कैटलिन फूर्ड र ७०औं मिनेटमा हेले रासोले गोल गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक यस खेलमा डेनमार्क र अस्ट्रेलियाले क्रमश: १३ र १० पटक एकअर्काका गोलपोस्टमा प्रहार गरेका थिए ।

भोलि मंगलबार पहिलो खेल कोलम्बिया र जमैका तथा दोस्रो खेल फ्रान्स र मोरक्को बीच हुनेछ । एजेन्सी

Image

Image