२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

कोरोनासँग प्रभावकारी ढंगले लड्नका लागि स्वास्थ्य संकटकाल लगाउने बारे छलफल हुँदैछ- परराष्ट्रमन्त्री ज्ञवाली

कोरोनासँग प्रभावकारी ढंगले लड्नका लागि स्वास्थ्य संकटकाल लगाउने बारे छलफल हुँदैछ- परराष्ट्रमन्त्री ज्ञवाली
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षाका लागि हरसंभव प्रयास गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र सिसिएमसीको आईतबार सिंहदरबारमा बसेको विशेष बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर र आर्थिक स्रोतको अभावमा कुनैपनि नागरिकको ज्यान जाने अवस्था श्रृजना हुन नदिन निर्देशन दिनुभएको हो । 

उहाँ झन्झटिला प्रक्रिया छोट्याएर कानुन मिलाएर, प्रक्रिया मिलाएर भएपनि हरहालतमा नागरिकको जीवन रक्षामा जुट्न निर्देशन दिनुभएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्रीले दिएको निर्देशन उदृत गर्दै उहाँले भन्नुभयो “प्रधानमन्त्रीले हाम्रा प्रक्रियामा अल्झिएर या आर्थिक स्रोतको अभावले कुनै पनि नागरिकको ज्यान जानु हुँदैन । त्यसोभएको हुनाले प्रक्रिया झन्झटिला छन् भने छोट्याएर हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भएपनि तत्काल नागरिको जीवन रक्षाका लागि जे जे गर्नुपर्छ त्यो गर्नुहोस् र त्यसका लागि आवश्यक कानुन मिलाउनु पर्ने भए कानुन मिलाउनुहोस्, प्रक्रिया मिलाउनु पर्ने भए प्रक्रिया मिलाउनुहोस्, र्यापिड रेस्पोन्स टिम बनाउनुहोस् तर हरहालतमा नागरिको जीवन रक्षा हुनुपर्यो । तदनुरुप काम गर्नुहोस् भन्नुभएको छ । ”

बैठकमा कोभिड १९ संक्रमणको महामारीसंग प्रभावकारी ढंगले लड्नका लागि स्वास्थ्य संकटकाल लगाउने बारे पनि छलफल भएको जानकारी दिनुभयो । तर स्वास्थ्य संकटकाल लगाउनका लागि विद्यमान संक्रामक ऐन २०२०, स्वास्थ्य प्रणालीको संरचना तथा सार्वजनिक खरिद ऐनमा भएका प्रक्रियाहरुले समस्या पारेकाले अनुकुल कानुन बनाउने विषयमा सरकोकारवाला मन्त्रालयसंग पनि छलफल गरिएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “स्वास्थ्य संकटकालको बारेमा पनि छलफल भएको छ । नतिजा आउने भए मात्रै लगाउने । नभए किन लगाउने । हामी तुलनात्मक अध्ययन गरिरहेका छौँ । अहिले हामीलाई तीनवटा क्षेत्रमा समस्या देखिएको छ । देशको समग्र स्वास्थ्य प्रणालीलाई एकिकृत ढंगले महामारी विरुद्ध लगाउनु जरुरी छ ।  हामीसंग स्वास्थ्य मन्त्रालय र त्यस मातहतका अस्पताल छन् । विभिन्न प्रतिष्ठानहरु छन् ती झण्डै झण्डै स्वायक्त जस्ता छन् । प्रादेशिक अस्पतालहरु छन् र स्थानीय तहहरुले सञ्चालन गरेको स्थानीय आधारभूत अस्पताल छन् । ती सबैलाई युनिफाईड ढंगले सञ्चालन गर्न हामीलाई केही कानुनी प्रबन्धहरु चाहिएको छ । दोश्रो हाम्रा खरिद प्रक्रियाहरुमा अहिले पनि समस्याहरु छन् । त्यसैले केही कानुनी प्रबन्धहरु गर्नुपर्ने छ । अहिलेको माहामारी विरुद्ध लड्न हामीलाई केही थप कानुनी संरचना आवश्यक भएको हामीले महसुस संक्रामक रोग ऐन २०२०का प्रावधानले मात्रै नपुग्ने भएकाले त्यस विषयमा आवश्यक तयारी गर्नका लागि कानुन मन्त्रालय र सम्बद्ध अरु निकायहरुलाई भनिएको छ ।”

उहाँले तत्काल देखिएको अक्सिजन आपुर्तिको समस्या समाधानका लागि उद्योगीलाई डिमाण्ट चार्ज लगायतका छुट दिएर उत्पादन वृद्धि गर्ने विषयमा पनि बैठकमा छलफल भएको जाकारी दिनुभयो । उहाँले लिक्वीड अक्सिजन ल्याउन भारतसंग आग्रह गर्ने र ल्याउनका लागि आवश्यक ट्यांकरहरुको प्रबन्ध गरिने बताउनुभयो । उद्योगीहरुले सबै सिलिण्डर स्वास्थ्य निकायलाई बुझाएकाले विस्तारै सिलिण्डर अभावको समस्यामा कमि आउदै गएको तथा चीन र ओमानबाट आउँदै गरेका र निजी क्षेत्रले मगाएको सिलिण्डर  भित्रिएपछि सिलिण्डर अभावको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारको तयारी भन्दा रोगको प्रकृति र आक्रामक्ता पनि उच्च भएकाले गएको दुई हप्ता निकै कठिन भएको बताउनुभयो ।