२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद सुचारु गर्ने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुँदै



फाईल फोटो
अ+ अ-

काठमाडौं । अबरुद्ध संसद बैठक सुचारु गर्ने बिषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुदैछ ।

आज बिहान सिंहदरबार स्थित प्रधानमन्त्री कार्यलयमा तीन दलका शीर्ष नेता बिच छलफल हुन लागेको हो । प्रमुख प्रतिपक्षदल नेकपा एमालले सुन तस्करीका बिषयमा छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग राख्दै संसद सुचारु हुन दिएको छैन ।

सरकारले भने राजस्व अनुसन्धान बिभागले यस प्रकरणमा छानबिन गरिरहेका कारण अर्को छानबिन समिति आवश्यक नभएको जनाउदै आएको छ । सरकारले आईतबार भने सुन तस्कारीको बारेमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गर्ने निर्णय गर्दै हाल सम्मको अनुसन्धानको बिबरण उपलब्ध गराएको छ । सिआइबीले छानबिन गर्ने अवस्थामा आएका कारण अबरुद्ध संसद सुचारु हुन सक्ने नेकपा एमालेका एक नेताले जानकारी दिनुभयो ।

सुन तस्करीको छानबिन र अबरुद्ध संसद सुचारुबारे आईतबार प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली बिच टेलिफोन सम्बाद समेत भएको थियो ।