२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकराजको सुझाब रविलाई: राजनीतिमा गाली पचाउन सक्नुपर्छ



अ+ अ-

काठमाडौँ । कलाकार दीपकराज गिरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राजनीतिमा गालीलाई पचाउन सुझाव दिनुभएको छ ।

रास्वपाले सञ्चालन गरेको मोबाइल क्लिनिकप्रति आएका टीकाटिप्पणीलाई लिएर सभापति लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा दिनुभएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै कलाकार गिरीले सुरुमा २/४ सिट जित्ला भनेर खासै गलौच नभए पनि निर्वाचनमा एक्कासि २० जितेर गृहमन्त्रीसम्म भइसकेपछि सबै दल र विचार बोकेका मान्छेहरुको ध्यान रवितिर जाँदा र रास्वपातर्फ तानिँदा त्यसलाई थ्रेट भन्न सकिए पनि अब त्यस्ता गाली गलौचलाई पचाउन सक्नुपर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “राजनीतिमा आएको यो सफलता पछि तपाईंहरू सबैको केन्द्रविन्दुमा हुनुहुन्छ अब त यो गाली गलौचलाई पचाउनु पर्यो , कति पेलेको होला ,यति नकारात्मकता किन भनेर आश्चर्य नमान्नु होला ‘। तपाईंहरू नयाँ उदय भएका दल र व्यक्तिप्रति जनताको अगाढ विश्वास कायमै छ, अर्कोतिर पुरानो सोच भएकाहरूको थ्रेट पनि जरूरी छ सम्हालेर हिँड्न पाइन्छ ।”

यसअघि रास्वपा सभापति लामिछानेले पार्टीले सञ्चालन गरेको मोबाइल क्लिनिकप्रति गरिएका टिप्पणीप्रति आक्रोशपूर्ण प्रतिक्रिया दिनुभएको थियो । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ। यो रोकिने होईन, छिट्टै २ वटा हुन्छ। ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि रुरु भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंक।।। हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौ।”