१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

महानगरको अभियान: छात्रवृत्ति प्रवेश परीक्षामा ५ हजार २०४ जना विद्यार्थी सहभागी

महानगरको अभियान: छात्रवृत्ति प्रवेश परीक्षामा ५ हजार २०४ जना विद्यार्थी सहभागी
अ अ+ अ-

काठमाडौँ । कक्षा ११ का लागि प्रदान गरिने छात्रवृत्तिका लागि शिक्षा विभागले आज प्रवेश परीक्षा सम्पन्न गरेको छ । ३ हजार ९१३ जना छात्र र २ हजार १०४ जना छात्रा गरी ६ हजार १७ जनाले आवेदक विद्यार्थी थिए । आवेदकमध्ये ३ हजार ४ सय छात्र र १ हजार ७७२ जना छात्रा गरी ५ हजार १७२ जना विद्यार्थी परीक्षामा सहभागी भए । ८४५ जना आवेदक गयल भए ।

आवेदकमध्ये ४ हजार १५५ जना विज्ञान विषयका थिए । यीमध्ये ३ हजार ७१३ जनाले परीक्षा दिए । १ हजार ४८४ जना व्यवस्थापन विषय आवेदकमध्ये १ हजार १८० जनाले परीक्षा दिए । २४५ जना प्राविधिक विषयका आवेदकमध्ये १७६ जना, ८९ जना कानुन विषयका आवेदकमध्ये ६९ जना, १८ जना मानविकी विषयका आवेदकमध्ये १६ जना र २६ जना शिक्षा विषयका आवेदकमध्ये १८ जना परीक्षामा सामेल भएको शिक्षा विभागले जानकारी दिएको छ ।

१५ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । परीक्षा सञ्चालन अनुगमनका लागि उपप्रमुख सुनिता डंगोल विभिन्न विद्यालयहरुमा पुग्नुभएको थियो ।

कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्नका वहुवैकल्पिक उत्तर राखेर बस्तुगत परीक्षा (ओएमआर) लिइएको हो । यस प्रकारको परीक्षा प्रणाली धेरै आवेदकहरुबाट तत्काल परीक्षा लिएर मूल्याङ्कन गर्नका लागि उपयुक्त मानिन्छ । परीक्षार्थीले उत्तीर्ण हुन कम्तीमा ४० अङ्क प्राप्त गर्नुपर्छ । योग्यता क्रम निर्धारण गर्दा उच्चतम अङ्कलाई आधार मानिनेछ । गलत उत्तरका लागि नेगेटिभ मार्किङ नगरी अनलाइन म्याचिङ् विधिबाट उत्तर परीक्षण गरिनेछ ।

शिक्षा विभागका अधिकारीका अनुसार केन्द्रहरुबाट उत्तर पुस्तिका संकलन भइसकेको छ । अहिले उत्तर पुस्तिका परीक्षणको काम थालनी भइसकेको छ ।

छात्रवृत्ति वितरण गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४०%, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५%, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि ९%, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३%, आदिबासी र जनजातिलाई १५%, मधेसीलाई १२%, खसआर्यलाई १७% आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइनेछ ।

दलितलाई ९%, मुस्लिमलाई २%, थारुलाई ४%, अपाङ्गता भएको व्यक्तिलाई २%, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४%, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २% छात्रवृत्ति दिइनेछ । पिछडिएको क्षेत्रका व्यक्तिका रुपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिनेछ ।