२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरपालुवा जनावरबारे विद्यार्थीको प्रदर्शन



अ+ अ-

काठमाण्डौ। आआफ्नो घरमा आयआर्जन र शौखको लागि के कस्ता जनावरहरु पाल्न सकिन्छ भनेर अभिभावकहरुलाई देखाउन ट्रिटन सेकेण्डरी स्कुल सुविधानगरका विद्यार्थीहरुले विद्यालय हातामा प्रदर्शन गरेका छन ।

प्रदर्शनीमा स्कुलका सानो कक्षाका विद्यार्थीहरुले घरपालुवा जनावरहरु कुकुर, कुखुरा, हाँस, खरायो, विरालो, गाई, भैंसी, बाख्रा, भेडा, च्यांग्रा, घोडाको साथै उनीहरुले खाने आहार अन्न, घाँस, पराल, भुसा र दाना र बस्ने ठाउँ खोर, गोठ, तवेला लगायतका बारेमा चित्र र सामग्री मार्फत बताएका थिए ।

साथै विद्यार्थीहरुले ढिकी, जाँतो, कुटो, कोदालो लगायतका परम्परागत घरेलु सामग्रीहरु पनि प्रदर्शनीमा राख्दै खेत खन्ने र गोड्ने तरीका समेत देखाएका थिए ।
शहरी विद्यालयमा पढ्ने विद्यार्थीलाई घरेलु जनावर र केही परम्परागत घरेलु औजारहरुबारे जानकारी गराउन हरेक वर्ष यस्ता प्रदर्शनी आयोजना गर्दै आएको विद्यालयकी निर्देशक ममता शाहले बताइन् ।

विद्यालयका भाइस प्रिन्सिपल सुजित तामांग र अतिरिक्त कृयाकलाप संयोजक शिव गैरेको समन्वयमा विद्यार्थीहरुले विद्यालय हातामा परालले छाएको साना साना खोर र गोठ बनाएर प्रर्दशनीलाई आर्कषक बनाएका थिए ।

प्रदर्शनी हेर्न व्यवसायीक समूह डिभि ग्रुपकी सञ्चालक देवकी शाह, न्यू भिजन एकेडेमीका निर्देशक टंक थापा, अभिभावक र स्थानीय वासिन्दा पुगेका थिए ।