२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार संवैधानिक पदमा नियुक्तीका लागि सार्वजनिक सूचना



अ+ अ-

काठमाडौं: संवैधानिक परिषदको सचिवालयले पाँच संवैधानिक निकायका प्रमुख एवं सदस्य पदका लागि आवेदन दिन सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

संवैधानिक परिषद (कार्यविधि) नियमावली २०६८ अनुसार प्रकाशित उक्त सूचनामा रिक्त महालेखा परीक्षक, निर्वाचन आयोगका आयुक्त एक जना, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रिक्त एक जना सदस्य तथा मुस्लिम आयोगमा रिक्त एक जना सदस्य पदका लागि आवेदन दिन भनिएको छ ।

परिषदको हालै सम्पन्न बैठकले गरेको निर्णय बमोजिम नेपालको संविधान बमोजिम योग्यता पुगेका व्यक्तिहरुको अभिलेख तयार गर्न सूचना प्रकाशन गरिएको हो ।

संवैधानिक निकायको पदमा नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी पन्ध्र दिनभित्र निवेदन दिन भनिएको छ ।

तथापि यो अभिलेख (रोस्टर) मात्र भएको र योग्य व्यक्तिमध्येका व्यक्तिलाई संवैधानिक निकायहरुमा नियुक्त गरिने छ ।