२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिमालको प्रश्न: सुन तस्करीमा शंकाको सुई गृहमन्त्री तिर पनि तेर्सिएको छ जवाफ खै ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपमहासचिब बिष्णु रिमालले सुन तस्करी काण्डमा शंकाको सुई गृहमन्त्री तिर पनि तेर्सिएको भन्दै जबाफ माग गर्नुभएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ गृहमन्त्री गृहप्रशासनको प्रमुख हुनुहुन्छ। के बहालवाला कार्यकारी बिरूद्ध छानबीन गर्ने स्वायत्तताको हाम्रो प्रहरी प्रशासनले उपभोग गरिरहेको छरु जवाफ त चाहियो नि?

उहाँले लेख्नुभएको छ-

सुन तस्करी काण्डमा उच्चस्तरीय समिति बनाएर छानबीन गर्न आबस्यक नभएको भन्ने सरकारी “निष्कर्ष”को अर्थ हो ? यस काण्डमा एयरपोर्टमा क्रियाशील गृह र अर्थ प्रशासन बेखबर रहनु, हालसम्म प्रधानमन्त्री कार्यालय अन्तरगत रहेको राजस्व अनुसन्धान बिभागले तस्करीको पहिचान गर्नु, अनुसन्धान कछुवा गतिमा रहनु ‘ यसले के संकेत गर्छ ?

यस काण्डमा सत्ताधारी दलका मन्त्री र माथिल्लो तहका नेताहरूका नाम चर्चामा छ । सुन तस्करी काण्डमा शंकाको सुई गृहमंत्रीतिर पनि तेर्सिएको छ । उहाँ गृहप्रशासनको प्रमुख हुनुहुन्छ। के बहालवाला कार्यकारी बिरूद्ध छानबीन गर्ने स्वायत्तताको हाम्रो प्रहरी प्रशासनले उपभोग गरिरहेको छ? जवाफ त चाहियो नि?