७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल

५२ करोड राजस्व सङ्कलन

५२ करोड राजस्व सङ्कलन
अ+ अ-

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९/८० मा प्रदेश भरिमा विभिन्न घटनाका आठ हजार सात सय १९ मुद्दा दर्ता भई दुई  हजार सात सय ७३ फछ्र्यौट गरेको छ ।

सो अवधिमा रु ५२ करोड १७ लाख ७८ हजार राजस्व सङ्कलन भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले वार्षिक कार्यसम्पादन समीक्षा प्रगति विवरण प्रस्तुत गर्दै जानकारी दिनुभएको हो ।

गत आवमा आठ हजार सात सय १९ विभिन्न अपराधसम्बन्धी मुद्दा दर्ता भई कानूनी कारबाही भइरहेको तथा फैसला कार्यान्वयन तर्फ विभिन्न अपराधमा सजाय एवं जरिवाना फैसला भई फरार रहँदै आएका एक हजार चार सय ६६ जना फरार प्रतिवादी पक्राउ गरिएको र रु चार करोड २४ लाख १२ हजार राजस्व सङ्कलन भएको प्रहरी प्रमुख बाँस्तोलाले जानकारी दिनुभयो ।

यसैगरी भन्सार चोरी निकासी तर्फ अवैध रुपमा सामान चोरी निकासी गर्ने एक सयजना मानिस पक्राउ गर्नुका साथै रु २६ करोड ९८ लाख ३८ हजार नौ सय ८० राजस्व भएको जनाइएको छ ।

यस्तै नदीजन्य पदार्थको अवैध रुपमा दोहन गर्ने ७४ व्यक्ति र तीन सय ३३ नदीजन्य पदार्थ उत्खनन गर्ने तथा ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै रु ३९ लाख २८ हजार पाँच सय ३५ राजस्व सङ्कलन भएको, अवैध काठ चोरी निकासी गर्ने ३८ व्यक्ति पक्राउ गरी पाँच हजार नौ सय ६१ क्यूफिट काठ बरामद गरी रु एक करोड ३१ लाख ४५ हजार राजस्व सङ्कलन भएको बताइएको छ ।

ट्राफिक व्यवस्थापन तर्फ सोही वर्षमा ट्राफिक नियम उल्ङ्घन गर्ने तीन लाख एक हजार सात सय ४९ सवारी साधनलाई कारबाही गर्दा रु २३ करोड ४८ लाख ६६ हजार राजस्व सङ्कलन भएको तथा लागुऔषध नियन्त्रण तर्फ गाँजा पाँच हजार आठ सय १५ किलो, अफिम २७ ग्राम ६८ मिलिग्राम, ब्राउनसुगर दुई किलो ७९ ग्राम आठ सय ४९ मिलिग्राम, विभिन्न मनोद्विपक क्याप्सलु २७ हजार छ सय १८, मनोद्धिपक एम्पुल १० हजार एक सय ७५ र मनोद्धिपक औषधि तीन सय १७ क्याप्सुल नियन्त्रण गरिएको तथा एक हजार सात सय ६३ रोपनी क्षेत्रफलमा लगाइएको छ लाख ७५ हजार तीन सय १४ बोट गाँजा नष्ट गरिएको छ ।

प्रहरी नायब महानिरीक्षक बाँस्तोलाले गएकै वर्षमा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रदेशभरी विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिई १० लाख ३१ हजार तीन सय ५१ जना लाभान्वित भएको जनाउनुभयो । रासस