२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्चलाइट बालेर सडकमा सुन तस्कर खोज्दै अनेरास्ववियु



अ+ अ-

काठमाडौं । नेकपा एमालेको भ्रातृ अनेरास्ववियुले सुन तस्करी काण्डका मुख्य नाइकेलाई पक्राउ गर्न माग गर्दै काठमाडौंमा टर्चलाइट जुलुस निकालेको छ ।

क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि सरकारले आँखा चिम्लिएको भन्दै अनेरास्ववियुले बुधबार साँझ काठमाडौंमा टर्चलाइट जुलुस निकालेको हो ।

अनेरास्ववियुले सय किलो सुन तस्करी काण्डको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ । अनेरास्वबियूले सरकारले नै तस्करहरुको संरक्षण गरेका आरोप पनि लगाएको छ ।

प्रदर्शनमा सहभागी अनेरास्ववियुका नेता-कार्यकर्ताले सुन तस्करीका मुख्य नाइकेलाई पक्राउ गर, उच्चस्तरीय छानबिन समिति गठन गर, तस्करलाई संरक्षण गर्ने सरकार मुर्दावाद, संसद् सुचारु गर, तस्करहरु कहाँ छ सिंहदरबारभित्र छ, तस्कर कहाँ छन् पेरिसडाँडामा छन् लगायत नारा समेत लगाएका थिए ।