काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बुधबार दिउसो बस्ने भएको छ । बैठक संसद भवन ल्होत्से हल वानेश्वरमा दिउँसो २ः३० मा बस्ने भएको हो ।
प्रमुख सचेतक बालकृष्ण खाँणअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने चर्चा भइरहेका बेला यसबारे आवश्यक छलफल गरी रणनीति तय गर्न संसदीय दलको बैठक बस्न लागेको हो।
प्रधानमन्त्री केपी शर्मा ओली संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।











