२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नापी अधिकृत पुरीमाथि १ करोडको गैरकानुनी आर्जनको मुद्दा



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीमाथि १ करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ ।

आयोगको अनुसन्धानबाट सार्वजनिक सेवा गरेको २०५२ पुस ९ गतेदेखि २०७९ असार मसान्तसम्मको अवधिमा पुरीको आय र खर्च तुलना गर्दा रु १ करोड ४ लाख ३ हजार ८४१ बराबरको खर्च तथा लगानीको वैधानिक स्रोत खुल्न नआएको देखिएकाले उनले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको देखिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता भोला दाहालले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिअनुसार भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअनुसार गैरकानूनीरुपमा आर्जन गरेको सम्पत्ति जफत एवं असुल हुनसमेत मागदाबी लिएको उल्लेख गर्नुभएको छ ।