१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सदर चिडियाखानामा सटल बस व्यवस्था गर्ने ललितपुर महानगरपालिकाका मेयर महर्जनको घोषणा

सदर चिडियाखानामा सटल बस व्यवस्था गर्ने ललितपुर महानगरपालिकाका मेयर महर्जनको घोषणा
अ अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सो चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ आफूले सटल बसको व्यवस्था छिट्टै गर्ने घोषणा गर्नुभएको हो ।

विश्व बाघ दिवसको अवसर पारेर शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले १४/१५ सिटको हुने सो बस घुमी रहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई चिडियाखानाको दृश्य दोहो¥याई, तेहे¥याई हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताउनु भयो । त्यसैगरी मेयर महर्जनले सो चिडियाखाना अगाडि चालु आर्थिक वर्ष भित्रै टाईगर गेट बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । धेरै वर्ष पहिले त्यहाँ रहेको टाईगर गेट भत्काउने काम भएकाले आफूले त्यसलाई पुनः बनाउन लागेको उहाँको भनाई थियो ।

मेयर महर्जनले भन्नुभयो, ‘यो विषयबस्तु चाँही कार्यान्वयन नै नगरोस् भन्ने मेरो भनाई रह्यो कि यो जुलाई सूर्यविनायकमा सार्ने भन्ने आज भन्दा ३५/४० वर्ष अघिदेखि कुरा गरिएको थियो । त्यो चाहीँ कार्यान्वयन भएको छैन । नहोस् पनि । यो चाहीँ मैले विशेष अनुरोध गरेँ । हामीले जुलाई ओन गर्न सक्नुपर्दछ भन्ने मेरो भनाई रह्यो । यो भन्दै गर्दाखेरी ललितपुर महानगरपालिकाले यो जुलार्ई ओनरसिप लिने सन्दर्भमा म मेयर भएको पहिलो वर्षको ३÷४ महिनामै होला । त्यहाँ बाहिर ठूल्ठूलो स्वरमा कन्सर्टहरु गर्दथ्र्यो । मध्यरात सम्म पनि गर्दथ्यो । अनि, यहाँ बाघहरुलाई सुत्न त महाभारत नै हुन्थ्यो । तसर्थ मैले त्यो रोकिदिए । त्यो बेलादेखि अहिले चाहीँ बाघ–भालु आनन्दले सुत्छन् । यसमा मेरो दुईवटा कमिटमेन्ट छ ।

एउटा भनेको चाहीँ पहिला जावलाखेल छिर्दाखेरी हाम्रो त्यहाँ भक्तराज राजकर्णिकारको हलुवाई पसलहरु छ । त्यहाँ भन्दा अगाडि दुई वटा गेट थियो । त्यसलाई हामी टाईगर गेट भन्थ्यौं । एकदमै चिटिक्क परेको गेट, त्यसमा माथि दुई वटा टाईगर बसेको । त्यो भत्कियो वा भत्काइयो । त्यसपछि त्यसलाई बनाइएन । यो वर्ष हामी त्यो टाईगर गेट बनाउँदछौं । जसले यो चिडियाघरको रिफलेक्सन गर्छ । अर्को कुरा चाहीँ मैले चाहीँ बोलेपछि गर्नैपर्छ । गर्न पाइएन भने रिस उठ्छ ।

यहाँ चाहीँ ज्येष्ठ नागरिकहरु चिडियाघरमा आउँदाखेरी अथवा अपांगता भएका व्यक्तिहरु चिडियाघरमा आउँदाखेरी उहाँहरुले दृश्यावलोकन गर्न राम्रोसँग हेर्न सकुन् भन्नका लागि एउटा सटन बसेको चाँही म व्यवस्थापन गर्न गईरहेको छु । त्यो चाहीँ लगभग १४÷१५ सिटको त्यो चाहीँ घुमी रहन्छ । उसले बाघको सेक्सनमा पुग्यो, ओर्लेर बाघ हे¥यो । अर्को ठाउँमा गयो, अर्को हे¥यो । त्यो दोहो¥याई, तेह¥याई हेर्न पाउने गरी बसको व्यवस्थापन म निकट भविष्यमै गर्न गईरहेको छु ।’

कार्यक्रममा मेयर महर्जनले सो चिडियाखाना भित्रको पोखरी संरक्षणमा पनि आफूले सक्दो सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषले मेयर महर्जनलाई वातावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकोमा सम्मान गरेको थियो ।