१२ आश्विन २०८१, शनिबार
,
Latest
नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै पहिरोमा पुरिएर आमाछोरीको मृत्यु अविरल वर्षा :बाढीपहिरोमा परी छ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

थापाको नियुक्ति बदर, कोशीका मुख्यमन्त्री को ?



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरे पछि अबको मुख्य मन्त्रीको भन्ने प्रश्न उठेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्द मोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासले आज कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई त्रुटीपूर्ण भएको ठहर गर्दै नियुक्ति प्रक्रिया नेपालको संविधान प्रतिकुल देखिएकाले उत्प्रेषणको आदेशले बदर गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

संविधानविद डा.भीमार्जुन आचार्यका अनुसार सविधानले सरकार रिक्तताको कल्पना नगरेको,तथा बर्तमान मुख्यमन्त्री थापाको नियुक्ति नै असबैधानीक भई बदर भएकोले अर्को सरकार गठन नहुँदा सम्म निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नै कामचलाउ मुख्यमन्त्रीका रुपमा रहने बताउनुभयो ।

उहाँले न्यूजपोलारसँग भन्नुभयो ‘सर्वोच्चले जुन विन्दुबाट संविधानको प्रयोग र पालना त्रुटीपूर्ण भएको हो त्यहीँबाट सच्चाउन आदेश दिएसंगै स्वत: कार्कीको सरकार कामचलाउ सरकारमा परिणत भएको छ ।’

उहाँले भन्नुभयो ‘अब अदालतले तोकेको समय भित्र कि कुनै पक्षले बहुमत पुर्योउनु पर्ने हुन्छ नभए नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम अर्को सरकार गठन हुन्छ । त्यो ठुलो दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीका नियुक्ति गर्नुपर्छ ।’

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।