२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद शर्मालाई कारबाही हुन्छः अर्थमन्त्री डा महत



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा.प्रकाशशरण महतले काँग्रेस सांसद सुनिल शर्माले आफ्नो अस्पताल (नोबेल मेडिकल कलेज) लाई स्वास्थ्य बीमा कार्यक्रम दिनुपर्छ भन्ने कुरा नभनिदिएकाले जथाभावी बोलेको आरोप लगाउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय समिति बैठकका निर्णय सुनाउने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सांसद शर्माको अस्पताल रहेको र सोही अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम दिनका लागि भनिदिन आफूसँग आग्रह गरेपनि आफूले विधिसम्मत रुपमा हुने भनेपछि रिसाएर जथाभावी बोलेको बताउनु भयो ।

उहाँले सांसद शर्माले अनुशासनहीन अभिव्यक्ति दिएको भन्दै कारबाही हुने बताउनुभयो । यद्यपी उहाँले कस्तो कारबाही हुने भन्ने बारेमा केही बताउन चाहनु भएन ।

सांसद शर्माले प्रतिनिधि सभाको बुधवारको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले विमानस्थलबाट भएको सुन तस्करीलाई लिएर नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अभिव्यक्ति दिनुभएको थियो । साथै उहाँले दुबै माथि कारबाही नगरे संसदमै अनसन बस्ने घोषणा गर्नु भएको थियो ।

उहाँले भन्नुभयो, ‘यही हो, अराजकता, अनुशासनहीनताको चरम । उहाँको हस्पिटल छ, स्वास्थ्य बीमा बोर्ड भन्ने स्वास्थ्य मन्त्रालयको छुट्टै संरचना छ । कसले बीमा पाउने, नपाउने विषयमा हामीले पनि पाउनुपर्छ भन्ने उहाँको कुरा थियो । मैले उहाँसँग यो बीमा बोर्डले निर्णय गर्छ, तै पनि यो समान हिसावले कसैलाई दिने, कसैलाई नदिने नहोस् भनेर भनेको थिएँ । उहाँको के भनाइ थियो भने मैले भनिदियो भने तुरुन्तै भइहाल्छ । तुरुन्तै तपाईले नभनेर मात्रै नभएको । म राणा कालको शासक होइन की बोल्दै भइहाल्छ, त्यसको प्रक्रिया हुन्छ । संस्थागत संरचना छ । त्यो नहुने बित्तिकै उहाँ भड्केर जथाभावी हिँड्नुभयो ।’

प्रवक्ता महतले पार्टी अनुशासनविपरित काम गर्नेलाई पार्टीले कारबाही गर्ने बताउनु भयो ।