१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सांसद शर्मालाई कारबाही हुन्छः अर्थमन्त्री डा महत

सांसद शर्मालाई कारबाही हुन्छः अर्थमन्त्री डा महत
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा.प्रकाशशरण महतले काँग्रेस सांसद सुनिल शर्माले आफ्नो अस्पताल (नोबेल मेडिकल कलेज) लाई स्वास्थ्य बीमा कार्यक्रम दिनुपर्छ भन्ने कुरा नभनिदिएकाले जथाभावी बोलेको आरोप लगाउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय समिति बैठकका निर्णय सुनाउने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सांसद शर्माको अस्पताल रहेको र सोही अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम दिनका लागि भनिदिन आफूसँग आग्रह गरेपनि आफूले विधिसम्मत रुपमा हुने भनेपछि रिसाएर जथाभावी बोलेको बताउनु भयो ।

उहाँले सांसद शर्माले अनुशासनहीन अभिव्यक्ति दिएको भन्दै कारबाही हुने बताउनुभयो । यद्यपी उहाँले कस्तो कारबाही हुने भन्ने बारेमा केही बताउन चाहनु भएन ।

सांसद शर्माले प्रतिनिधि सभाको बुधवारको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले विमानस्थलबाट भएको सुन तस्करीलाई लिएर नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अभिव्यक्ति दिनुभएको थियो । साथै उहाँले दुबै माथि कारबाही नगरे संसदमै अनसन बस्ने घोषणा गर्नु भएको थियो ।

उहाँले भन्नुभयो, ‘यही हो, अराजकता, अनुशासनहीनताको चरम । उहाँको हस्पिटल छ, स्वास्थ्य बीमा बोर्ड भन्ने स्वास्थ्य मन्त्रालयको छुट्टै संरचना छ । कसले बीमा पाउने, नपाउने विषयमा हामीले पनि पाउनुपर्छ भन्ने उहाँको कुरा थियो । मैले उहाँसँग यो बीमा बोर्डले निर्णय गर्छ, तै पनि यो समान हिसावले कसैलाई दिने, कसैलाई नदिने नहोस् भनेर भनेको थिएँ । उहाँको के भनाइ थियो भने मैले भनिदियो भने तुरुन्तै भइहाल्छ । तुरुन्तै तपाईले नभनेर मात्रै नभएको । म राणा कालको शासक होइन की बोल्दै भइहाल्छ, त्यसको प्रक्रिया हुन्छ । संस्थागत संरचना छ । त्यो नहुने बित्तिकै उहाँ भड्केर जथाभावी हिँड्नुभयो ।’

प्रवक्ता महतले पार्टी अनुशासनविपरित काम गर्नेलाई पार्टीले कारबाही गर्ने बताउनु भयो ।