काठमाडौँ । राजश्व अनुसन्धान विभागले व्यापारी राकेश अडुकियाको कमलपोखरीस्थित घरमा छापा मारेको छ । पछिल्लो समय सुन तस्करीको सुन बरामद भन्दा केहीसमय अघि उनले हङकङ भारत र दुबईको शंकास्पद भ्रमण गरेका थिए ।
उनले शंकास्पद यात्रा गरेको देखिपछि विभागले अनुसन्धान अघि बढाएको थियो । त्यही क्रममा उनको निवासमा विभागले छापा मारेको हो ।
क्विन्टल सुन ल्याउने रेडी ट्रेडर्स नामको कम्पनी पनि अडुकियाकै योजनामा खोलिएको आशंकामा विभागले अनुसन्धान गरिरहेको छ ।