२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सुन प्रकरण अनुसन्धानको नाममा झारो टार्ने काम गरिरहेको छः राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले पछिल्लो सुन प्रकरण अनुसन्धानको नाममा झारा टार्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ ।

बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यो सामान्य विषय नभएकाले यसको जरैसम्म पुगेर मुख्य नाईके पक्रनका लागि सरकारले विशेष छानबिन समितिनै गठन गर्नुपर्ने माग समेत गर्नुभयो । अध्यक्ष लिङदेनले सरकारले जरामा पुगेर सो प्रकरणमा छानबिन गर्न भन्दा पनि देखाउनका लागि अनुसन्धानको नाममा भरियाहरुलाई पक्राउ गर्ने काम गरिरहेको जिकिर समेत गर्नुभयो । उहाँले नेपाल सुन तस्करहरुको ट्रान्जिट प्वाईन्ट बनेको उल्लेख गर्दै बाह्य मुलुकको दबाबमा सरकारले करिव एक क्वीन्टल सुनको अनुसन्धान प्रक्रियालाई अघि बढाएको आफूहरुले सूचना पाएको पनि बताउनु भयो ।

अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘म सभामुख महोदयमार्फत सरकारलाई भन्न चाहन्छु–यो सामान्य विषय होइन । समाजलाई ठिक दिशामा ल्याउनका लागि यसको उचित छानबिन र उचित निकास दिनका लागि जरासम्म पुग्नुपर्दछ । अहिले हामीले भूटानी शरणार्थीको कुरा गरौं । ललिता निवास जग्गा प्रकरणको कुरा गरौं । कहीँ पनि हामी जरासम्म पुग्न सकेका छैनौं मात्रै होइन । सरकार जरासम्म पुग्नै अग्रसर भएको छैन । अहिले पनि हामीले एक क्वीन्टल, डेढ क्वीन्टल सुन पक्रियौं । यो चानचुने कुरा हो भनेर सरकारको तर्फबाट आइराखेको छ । त्यो कुनै सूचनाको आधारमा पक्राउ प¥यो होला नि । त्यो सूचनाको स्रोत को हो ? त्यो सूचना दिने स्रोतले त्यसमा को को संलग्न छ भन्ने कुरा भनेन होला । थाहा छैन होला । कि यो बाह्य दबाब वा सूचनाको आधारमा कसैलाई देखाउनका लागि मात्रै एक एक टिभ सुन पक्रने काम भएको हो ?

हामीलाई केही सूचना आए अनुसार यो आकस्मिक रुपमा वा सरकारले थाहा पाएर पक्रेको होइन । नेपाल सुन तस्करको ट्रान्जिट प्वाइन्ट बनिराखेको छ । र, सम्बन्धित अरु देशले सूचना दिएपछि, दबाब दिएपछि यो पक्राउ गर्ने काम भएको हो भन्ने कुरा बजारमा आएको छ । त्यसकारण म सरकारसँग आग्रह गर्न चाहन्छु–भरियालाई पक्रेर सुन तस्करका नाईकेहरुलाई संरक्षण दिने, जोगाउने अनि हामीले त यति त ग¥यौ नि भन्ने काम नगरोस् । यसको जरासम्म पुगोस् । केही मानिसहरुको नाम अरु प्रकरणमा आएका छन । अनुसन्धान प्रक्रिया सशक्त ढंगले अगाडि बढाओस् । र, अहिले जुन ढंगले अनुसन्धानको नाममा झारा टार्ने काम भइराखेको छ । त्यसले जरासम्म पुग्न सकिँदैन । विशेष आयोग बन्नुपर्छ । छानबिन आयोग बन्नुपर्छ । र, सो आयोग बनाएर यो अनुसन्धान प्रक्रिया अघि बढाइयोस् भन्ने म आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष लिङ्देनले सरकारले सुन तस्करका नाईकेहरुलई संरक्षण दिने काम गर्न नहुने पनि पटकपटक दोहो¥याउनु भयो ।