२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत सर्लाहीमा मृत भेटिए



(सांकेतिक तस्बिर)
अ+ अ-

काठमाडौँ । सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान अधिकृत मृत भेटिएका छन्। आज बिहान ५;४५ बजे इश्वरपुर नगरपालिका-९ खोरिया टोलमा अनुसन्धान अधिकृतका रूपमा सर्लाहीमा कार्यरत २९ वर्षीय बसन्त शाह मृत फेला परेका हुन् ।

गएराति ड्युटी सकेर घर फर्किएका शाहको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको सर्लाहीका डिएसपी जितेन पञ्जियार थारूले जानकारी दिए।

इश्वरपुर नगरपालिका(६ बयलबासस्थित घर फर्कदै गर्दा उनी सवार बागमती प्रदेश(०२(०१६ प ००७१ नम्बरको मोटरसाइकल खोरिया टोलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

मृतकको शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको डिएसपी थारूले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।