२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्म निरपेक्षताको दुष्परिणाम देखिन थालेका छन् – राजेन्द्र लिङ्देन



अ+ अ-

सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार धरानस्थित पिण्डेश्वर मन्दिरमा आयोजित धार्मिक पदयात्रामा सहभागी भएका छन् ।

हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भन्दै साउनको दोस्रो सोमबार धरानमा आयोजित पदयात्रापछि बोल्दै अध्यक्ष लिङ्देनले साउन महिनादेखि शुरु हुने गरी पार्टीले नविन राप्रपा कार्ययोजना लागू गरेको बताउदै यस योजना कार्यान्वयनका लागि देशका सबै स्थानीय तहमा ९०० जना नेताहरू परिचालित भएको बताए ।

‘मेरो कार्यक्षेत्र धरान उपमहानगरपालिका परेको छु, आजैबाट कार्य प्रारम्भ गरेको छु’ उनले भने । उनले संगठनात्मक कार्ययोजना शुरु गर्ने क्रममा धरान उपमहानगरपालिका वडा नं १४को विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा धार्मिक गतिविधिमा सहभागी भएको समेत बताए ।

लिङ्देनले ०६२र०६३ को राजनीतिक परिवर्तनपछि जनचाहना विपरीत, वहुसंख्यक जनताको भावना विपरीत जबर्जस्ती धर्मनिरपेक्षता कायम गर्दाको दुष्परिणाम देशमा यतिबेला देखिन थालेको बताए ।

धर्म निरपेक्षताले देशको दीर्घकालीन हित असम्भव छ, नेपालको स्वतन्त्रता, पहिचान, एकता, सामाजिक सदभावका लागि हिन्दुराष्ट्र अपरिहार्य छ, धर्म निरपेक्षले देश बर्बाद पार्ने देखेर नै आफू किराँत धर्मावलम्बी भएर पनि हिन्दुराष्ट्रको वकालत गरिरहेको लिङ्देनले बताए। उहाँले धर्म निरपेक्षताको आडमा भइरहेको अवाञ्छित गतिविधि नियन्त्रण गरिनुपर्ने बताएका छन् ।

लिङ्देन नेतृत्वको पदयात्रा पिण्डेश्वर मन्दिर, विजयपुरमा रहेका दन्तकाली, बुढाुब्बा मन्दिरमा समेत पुगेको थियो । सो अवसरमा राप्रपाका कार्यकर्ता, विभिन्न धार्मिक संघसंस्था र धर्मप्रति आस्था राख्नेहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।