४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सय किलो सुन तस्करीको छानबिन कसले गर्ने ? दुई निकायबीच जुहारी शुरू

सय किलो सुन तस्करीको छानबिन कसले गर्ने ? दुई निकायबीच जुहारी शुरू
फाईल फोटो
अ+ अ-

काठमाडौं । हङकङबाट नेपाल हुँदै भारत तस्करीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै १ सय किलोग्राम सुनको छानबिन प्रक्रियालाई लिएर दुई निकायबीच जुहारी शुरू भएको छ ।

विमानस्थलबाट बाहिरिएको सुन पक्राउ गरेको राजस्व अनुसन्धान विभागले छानबिन पनि आफूले नै गर्ने भन्दै छानबिन प्रक्रियालाई अघि बढाएको छ । राजस्वले अनुसन्धानमा अन्य निकायको आवश्यकता नरहेको टिप्पणी गर्दै आफैंले अनुसन्धान गरेर टुंगोमा पु¥याउने बताएको छ ।

गृह मन्त्रालयले आफूले यसको बिस्तृत छानबिन गर्न पाउनुपर्ने माग गरे पनि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीले राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहतमा रहेको र हरेक कुरा प्रधानमन्त्रीलाई नै जानकारी गराउने भएकाले अन्य निकायको सहयोग आवश्यक नपर्ने बताउँदै आएका छन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो सुन तस्करी काण्डमा संगठित अन्तर्राष्ट्रिय गिरोहसमेत जोडिएकाले यसको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो तथा उपत्यका अपराध अनुसन्धान महाशाखाले गर्नुपर्ने बताउनुभएको र यस विषयमा मन्त्रालयमा गम्भीर रूपमा छलफल भइरहेको मन्त्रालयका एक उच्च अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए । ती अधिकारीले भने– ‘उक्त सुन तस्करी काण्डमा चिनियाँ, भारतीय र नेपाली नागरिकको मिलोमतो रहेकोले राजस्व अनुसन्धान विभागले मात्रै अनुसन्धान गर्दा शंकाको घेरामा रहेका व्यक्तिहरू भाग्न सक्ने चिन्ता मन्त्रीज्यूले व्यक्त गर्नु भएको छ ।’

यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका केही उच्च अधिकारीले भने यो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत् सबै निकायको मिलोमतो भएको आशंका भएकोले प्रहरीलाई यो विषयमा अनुसन्धान गर्न दिँदा अनुसन्धान प्रभावित हुने भन्दै विभागले मात्रै छानबिन गर्ने बताएका छन् ।

यसैबीच उक्त सुन तस्करी प्रकरणमा मुछिएका राकेश अदुकियाले विभिन्न शक्ति केन्द्रमा पुगेर घटनालाई सामसुम पार्ने प्रयासमा रहेको बताइएको छ । उहाँ निकट स्रोतका अनुसार अदुकियाले विगत १५ वर्षदेखि हङकङबाट चाँदीमा सुन मिसाएर नेपाल ल्याउने र नेपालमा चाँदीको मात्रै भन्सार तिरेर सुन अवैध रूपमा बेचबिखन गर्दै आउनुभएको छ ।

उक्त सुन काण्डको अनुसन्धान शुरू हुनासाथ राकेश अदुकियाका छोरा रोहन अदुकिया शुक्रबार नेपाल वायुसेवा निगमको विमानबाट भारतको नयाँदिल्ली जानुभएको छ । नेपालमा रहेका राकेश पनि आफूमाथि अनुसन्धान हुनसक्ने अवस्था आए हङकङ जाने तयारीमा रहेको पनि उहाँ निकट स्रोतले जानकारी दिएको छ ।

विभागले समातेको सुनमा हिस्सेदारको रूपमा अदुकिया बाबुछोराको समेत संलग्नता रहेको आशंकामा विभागले उनीहरूलाई समेत आशंकाको घेराभित्र राखिएको अनुसन्धानमा संंलग्न एक अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए ।
विभागले उक्त घटनाको अनुसन्धान गरेको भए पनि साधन र स्रोत तथा अनुसन्धान गर्ने प्रक्रियामा विभागमा दक्ष जनशक्ति नै नभएकाले यो अनुसन्धान प्रभावित हुनसक्ने आशंका सरकारी निकायले नै गरेको छ ।

विभागले गर्ने अनुसन्धानमा कतिपय व्यक्तिमाथि शंका गरिए पनि उनीहरूलाई छानबिनको दायरामा ल्याउन नसक्ने भएकाले यो अनुसन्धान गर्ने जिम्मा प्रहरीको विशेषज्ञ टोलीलाई दिनुपर्ने भन्दै गृहमन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मौखिक रूपमा जानकारी गराए पनि सो कार्यालयले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको मन्त्रालयका ती अधिकारीले जानकारी दिए । साथै उक्त सुन तस्करी प्रकरणमा पक्राउ परेका १६ जनालाई विभागको अनुसन्धान टोलीले बयान लिएको भए पनि अहिलेसम्म महत्वपूर्ण सूचना नपाएको विभागका एक अधिकारीले बताएको छ ।

रेडी ट्रेडर्सले रोक्यो अर्को कार्गो
गत असार ३० गते हङकङबाट रेडी ट्रेडर्सको नाममा नेपाल आएको स्कुटरको ब्रेक सुमा लुकाएर ल्याएको सुन साउन २ गते समातिएपछि सोही कम्पनीबाट आउन लागेको अर्को कार्गो भने निर्यातकर्ताले रोकेको विभागले जनाएको छ । रेडी ट्रेडर्सले साउन ४ गते अर्को कार्गो नेपाल ल्याउने तयारी गरेको भए पनि विभागले सुन समात्नासाथ उक्त कार्गो रोकिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिनुभएको छ ।

यसभन्दा अघि सोही ट्रेडर्सको नाममा २२ पटक बिभिन्न सामान नेपाल आएको थियो । विभागले अहिलेसम्म पनि उक्त ट्रेडर्सका असली मालिक को हुन भन्ने जानकारी पत्ता लगाउन सकेको छैन । प्रहरीले कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएको कम्पनीका मालिक भनेर ज्याला मजदुरी गर्ने एक युवकलाई पक्राउ गरेर अनुसन्धान शुरू गरेको छ । राजस्व विभागले दोलखाका दिलीप भुजेलको नाममा दर्ता रहेको उक्त कम्पनीको ठेगाना बूढानीलकण्ठ रहेको बाहेक अरू थप तथ्यहरू पत्ता लगाउन सकेको छैन ।

३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ
साउन २ गते पक्राउ परेको झण्डै एक किलोग्राम सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले आइतबार ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको छ । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।

निलम्बनमा परेर पक्राउ पर्ने कर्मचारीहरू भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् ।

भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बालाई पनि विभागको टोलीले पक्राउ गरेको छ । उहाँहरूलाई छानबिनको दायरा ल्याउन समातिएको विभागले जनाएको छ । नेपाल समाचारपत्र