४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

अरुण थापा स्मृति साँंझ–२०८०ः गुञ्जियो कालजयी गीतहरु

अरुण थापा स्मृति साँंझ–२०८०ः गुञ्जियो कालजयी गीतहरु
अ+ अ-

‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर,
टोलाइरहन्छु आकाशमा रातको तारा गनेर
सजाइरहन्छु, सपनाहरू, हृदयभरि उमङ्गिएर
तर तिमीले बिर्सिदियौँ चोखो मिलन, मायाका कथाहरु…।’

अजरअमर कालजयी गीत गाउने बहुचर्चित गायक अरुण थापाको २४औँ स्मृति दिवसका अवसरमा भक्तपुरको पलासेँस्थित काठमाडौँ फन भ्यालीमा सम्पन्न ‘अरुण थापा स्मृति साँंझ–२०८०’ मा स्व अरुण थापाका चर्चित गीत नयाँ स्वरमा गुञ्जिँदा दर्शनदीर्घा नतमस्तक बन्यो ।

भक्तपुरलाई गीत, सङ्गीतको क्षेत्रमा अगाडि बढाउन स्थापना भएको रागरागिनी इन्टरटेन्मेन्ट प्रालिले स्व गायक थापाको २४औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको स्मृति साँझमा थापाका ‘चोट के हो, व्यथा के हो, मजस्तो घाइतेलाई सोध, मिलन के हो खुसी के हो, मसँग कहिल्यै सोध्दै नसोध…।’ जस्ता कालजयी गीत गुञ्जिँदा गायक अरुण थापा आज पनि आफैँ उभिएर गीत गाइरहेका छन् भन्ने आभास भयो ।

कार्यक्रममा युवा गायक प्रनिल पलिखेलले गाएको यो गीतसँगै गायक अजर जङ्गमले ‘जति माया लाए पनि, जति कसम खाए पनि’ गायिका कल्पना श्रेष्ठले ‘यो मनको के भर हुन्छ’, गायिका सानुमाया धौभडेलले ‘आँखाको निद चोरी लाने’, गायक कपिल कसपालले ‘दुई दिनको जीवन’, गायिका रोजी श्रेष्ठ ‘भुँलुँभुलुँ लाग्यो मलाई’ बोलको गीत गाउँदै स्व थापालाई सम्झिनुभयो ।

आधनिक नेपाली सुगम सङ्गीतका थोरै गीत गाएर पनि अजरअमर बन्न सफल गायक स्व थापालाई सम्झँदै गायक एञ्जेला श्रेष्ठ, दिनेश न्यौपाने, श्रेय अगस्ती, सुनिल लोहलालगायत उदयीमान गायक–गायिकाले स्व थापाका चर्चित गीत गाउँदा समय गएको पत्तै भएन । त्यस अवसरमा वरिष्ठ गीतकार एवं साहित्यकार सुवाषचन्द्र ढुङ्गेलले गायक अरूण थापा स्मृति दिवस विगत १२ वर्ष अगाडिबाटै आफू र चलचित्र समीक्षक प्रकाश सायमीको पहलमा मनाउन थालिएको स्मरण गर्नुभयो ।

गीतकार ढुङ्गेलले गायक थापासँग जोडिएको आफ्नो साङ्गीतिक यात्राको पनि स्मरण गर्दै यस वर्ष पनि गायक कपिल कसपालले स्व थापाको स्मृति दिवसमा कार्यक्रमको आयोजना गरेर गायक थापाको गीत–सङ्गीतको योगदानलाई जीवन्त राख्न प्रेरणा दिएको चर्चा गर्नुभयो ।

कार्यक्रममा गीतकार, साहित्यकार जितेन्द्र रसिकले गायक अरूण थापाको जीवन र साङ्गीतिक योगदानको संक्षिप्त चर्चा गर्नुभएको थियो भने काठमाडौँ फन भ्यालीका डा गोविन्द नेपालीले काठमाडौँ फन भ्यालीले हरेक दिनको सुरुआत गायक अरूण थापाका गीतहरू प्रस्तुत गरेर उहाँको साङ्गीतिक योगदानलाई स्रोतामाझ पस्किरहेको बताउनुभयो ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा नेपाली सुगम सङ्गीतलाई जीवन्त राखी नयाँ पुस्तामा गीत सङ्गीतलाई पुस्तान्तरण गर्नु कार्यक्रमको उद्देश्य रहेको रागरागिनी इन्टरटेन्मेन्टका अध्यक्ष एवं कार्यक्रम संयोजक तथा गायक कपिल कसपालले बताउनुभयो ।

अरुण थापाका चर्चित गीतहरु

विसं २००९ मा जन्मनुभएका गायक थापाका सर्वोत्कृष्ट गीतमध्ये सन् २००३ मा बिबीसी विश्व सेवाले गरेको सर्वेक्षणमा उहाँको गीत ‘ऋतुहरूमा तिमी…’ उत्कृष्ट सातौँमा परेपछि उहाँको चर्चा विश्वमै चुलियो ।

उहाँले जीवनको छोटो समयमा पनि अत्यधिक चर्चामा रहेका कालजयी गीत गाउनुभयो । उहाँका ‘जति माया लाए पनि’, ‘साँझको जुनसँगै’, ‘भुँलुँभुलुँ लाग्यो मलाई’, ‘बितेका मेरा तीता मीठा’, ‘ऋतुहरूमा तिमी’, ‘दोष कसैलाई दिन चाहन्न’, ‘चोट के हो व्यथा के हो’, ‘अरुसँग नजोख मलाई’, ‘जिन्दगी के छ र आखिर’, ‘तिमी हेर्छौँ भने’, ‘न पोखिने न जोखिने’, ‘आँखाको निद खोसी लाने’, ‘यो मनको के भर हुन्छ’, ‘भुलेका कथा’, ‘जिन्दगीका यात्राहरु’, ‘लाग्न थाल्यो जीवनमा’, ‘नपोखिने नजोखिने’, ‘यो मनको के भर हुन्छ’जस्ता मुटु रेटेर गाएको आभास हुने कालजयी गीत छाडेर उहाँले नेपाली गीत–सङ्गीतलाई ठूलो गुण लगाउनुभएको छ ।

विसं २०५६ साउन ५ गते काठमाडौँ बागबजारको कान्तिपुर गेस्टहाउसको एउटा कोठामा अन्तिम श्वास फेर्नुभएको गायक थापाले छोटो जीवनमा मगर भाषाको एउटा गीतसहित करिब ४४ वटा गीत गाउनुभएको छ । उहाँले गाएको गीतको संगालो ‘अरुण’ र ‘बेस्ट अफ अरुण थापा’ नामक दुईवटा गीति एल्बम सार्वजनिक भएका छन् ।

‘अरुण थापा स्मृति प्रतिष्ठान’ले सहयोग सङ्कलन गरी निर्माण गरेको उहाँको सालिक २०६६ चैत २८ गते झम्सिखेलमा स्थापना गरेपछि भने यो ठाउँको नाम अरुण थापा चोकले नामकरण भएपछि आज पनि त्यही चोकमा उहाँको सालिक देख्न सकिन्छ । रासस