३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा

कावासोतीका किसान कागतीखेतीमा

कावासोतीका किसान कागतीखेतीमा
अ+ अ-

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका वडा नं १७ गोछडाटारका सागर लम्साल आजभोलि कागतीका बिरुवा रेखदेखमा व्यस्त हुुनुहुन्छ ।

पन्ध्र वर्षदेखिको वैदेशिक रोजगारीको यात्रालाई विट मार्दै लम्सालले गत वर्षदेखि सुनकागती लगाउन सुरु गर्नुभयो । “अहिले बारीमा कागती फूल खेल्न थालेका छन्, यसैको रेखदेख र स्याहारमा दिन बित्ने गरेको छ”, लम्सालले भन्नुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उहाँले अनुदानमा सुनकागती–१ का बिरुवा लगाउनुभएको हो ।

लम्सालले भन्नुभयो, “बिरुवामा ५० र सिँचाइमा ८५ प्रतिशत अनुदान पाएसँगै व्यावसायिकरुपमा कागती खेतीलाई अगाडि बढाउन सहयोग पुगेको छ ।” परियोजनामार्फत पिभिसी ट्याङ्की, ट्याङ्की स्यान्ड, मोटर, पाइपलाइन विस्तार, सुनकागती–१ को ‘ग्राफ्टेड’ बिरुवा, घरेलु झोल मल निर्माणलगायतमा अनुदान प्राप्त भएको उहाँले बताउनुभयो ।

लम्सालका अनुसार कागती खेती लगाउन तथा हेरचाह गर्ने विषयमा पनि परियोजनाले  सहजीकरण गरिरहेको छ । “स्वदेशमा नै व्यवसाय गर्ने सोचलाई परियोजनाले साथ दियो”, उहाँले भन्नुभयो, “अहिले १७ गट्ठा जग्गामा तीन सय सुनकागतीका बोट हुर्किंदैछन् ।”

उक्त परियोजना सञ्चालन भएपछि निर्वाहमुखी खेती गर्दै आएका किसान अहिले व्यावसायिकरुपमा कागतीखेतीमा आकर्षित भएका लम्सालको भनाइ थियो । एकपटक लगानी गरेपछि वर्षौंसम्म आम्दानी लिन सकिने र उत्पादन पनि मनग्य हुने भएकाले अन्य बाली लगाउने किसान पनि कागतीखेतीतर्फ आकर्षित भएका उहाँले बताउनुभयो ।

गोछडाटारकै ४८ वर्षीय प्रेमराज ढुङ्गानाले अहिले धान बाली लगाउन छाडेर कागतीखेती सुरु गर्नुभएको छ । उहाँले परियोजनाको ५० प्रतिशत अनुदानमा एक सय ५० कागतीका बिरुवा रोपेर व्यावसायिकरुपा खेती सुरु गर्नुभएको हो ।

“सुनकागती–१ लगाएका कृषकको बारीमा अवलोकन जाँदा उत्पादन राम्रो भएको देखेर व्यावसायिकरुपमा कागतीखेती गर्ने सोच आयो”, ढुङ्गानाले भन्नुभयो, “धान, मकै, तोरी लगाएर जीविकोपार्जन मात्रै हुने आम्दानीमा वृद्धि नहुने समस्या छ । एकपटकको लगानीले कागतीबाट वर्षौंसम्म आम्दानी लिन सकिने हुँदा यसतर्फ आकर्षित भएको हुँ ।”

जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सञ्चालित सुन्तला र फलफूल कार्यक्रममा कृषक आकर्षित भएका छन् । यस परियोजना सञ्चालनमा आएपछि निर्वाहमुखी खेती गर्दै आएका किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका परियोजनाले जनाएको छ ।

परियोजना कार्यान्वयन इकाइका वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माका अनुसार जिल्लामा यस वर्ष ५० नयाँ किसानले कागतीखेती सुरु गरेका छन् । परियोजनाले दिएको अनुदानमा सञ्चालित नर्सरीबाट तयार भएका २५ हजार सुन्तला र कागतीका बिरुवा यस वर्ष किसानलाई बिक्री गरिएको उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५/७६ देखि गाउँपालिकामा बुलिङटार, बौदिकाली र हुप्सेकोटको वडा नं ५ तथा नगरपालिकामा गैँडाकोट–१८, देवचुली–६, मध्यविन्दु–८ र १५ मा ‘सुन्तला र फलफूल जोन कार्यक्रम’ सुरु भएको कृषि अधिकृत शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रममार्फत खेतीका लागि क्षेत्र विस्तार र नर्सरी निर्माण भइरहेको छ ।

“परियोजना सुरु हुनुपूर्व जिल्लामा तीन सय ३१ हेक्टरमा सुन्तला र कागतीको खेती हुँदै आएको थियो”, कृषि अधिकृत शर्माले भन्नुभयो, “अहिले आठ सय १८ हेक्टर क्षेत्रफलमा खेती विस्तार भएको छ ।” यस वर्ष मात्रै जिल्लामा सुन्तला र कागतीको खेती ६० हेक्टर क्षेत्रफलमा विस्तार भएको छ ।

तुलनात्मकरुपमा क्षेत्रफल सुन्तलाको बढी भए पनि किसान कागतीखेतीतर्फ पनि आकर्षित हुँदै गएका उहाँको भनाइ थियो । शर्माले भन्नुभयो, “यस वर्ष ६० हेक्टरमध्ये ३३ हेक्टर क्षेत्रफलमा सुन्तला र २७ हेक्टरमा कागतीखेती विस्तार भएको छ भने ५० जना नयाँ किसान व्यावसायिक खेतीमा जोडिनुभएको छ ।”

शर्माका अनुसार सुनकागतीका बिरुवा तापक्रम बढी भएका ठाउँमा छिटो बढ्ने भएकाले पछिल्लो समय तराईमा सुनकागती लगाउन किसान आकर्षित भएका हुन् । “यस वर्ष व्यक्तिगतरुपमा एक हजारसम्म बिरुवा लगाउने किसान छन्”, उहाँले भन्नुभयो, “गैँडाकोट–१८ मा किसानले चक्लाबन्दी गरेर एउटै ब्लकमा १० हजार तीन सय बिरुवा लगाएका छन् ।”

“पहिलो वालीले नै राम्रो उत्पादन दिन थालेपछि आयमूलक बालीका रुपमा किसानले कागती खेतीलाई लिएकाले साना किसान पनि यसतर्फ आकर्षित भएका हुन्”, शर्माले भन्नुभयो, “सुन्तला र फलफूल जोन कार्यक्रममार्फत क्षेत्र विस्तार गरी नर्सरी निर्माण भइरहेको छ ।”

नेवारवारी, राईकोट र रानीटारमा निर्माण गरिएका नर्सरीबाट प्रत्येक वर्ष ५० हजार बिरुवा तयार भइरहेको परियोजनाले जनाएको छ । यस वर्ष तयार भएका बिरुवामध्ये २५ हजार जिल्लाका  कृषकलाई र पाँच हजार डिभिजन वन कार्यालयलाई बिक्री गरिएको छ ।

कृषि अधिकृत शर्माका अनुसार आगामी वर्षका लागि २० हजार ग्राफ्टेड र विजु बिरुवा जगेडा गरी राखिएका छन् । जिल्लामा ३३ कृषक समूह, पाँच कृषक सहकारी र ३० उद्यमी गरेर ६८ संस्था कागती खेतीमा आबद्ध छन् भने दुई हजार दुई सय ९७ धरधुरी यस खेतीमा संलग्न रहेका उहाँले जानकारी दिनुभयो ।

परियोजनाले तरकारी खेतीका लागि क्षेत्र विस्तार गर्ने, सुन्तला र फलफूल बालीका लागि नर्सरी निर्माण, सिँचाइको व्यवस्था र मेसिनरी औचार वितरणलगायत सहयोग गर्दै आएको छ । “सिँचाइमा ८५, बीउ, बिरुवामा ५० र मेसिनरी औजारमा ८५ प्रतिशत अनुदान किसानलाई दिँदै आएका छौँ”, कृषि अधिकृत शर्माले भन्नुभयो, “परियोजनाअन्तर्गत जिल्लामा अहिलेसम्म तरकारी, फलफूल र कागती खेतीमा गरी एक सय २१ समूह, ११ कृषक सहकारी, ८० उद्यमी आबद्ध छन भने छ हजार १८ घरधुरी संलग्न रहेका छन् ।” रासस