२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री मोदी र काठमाडौँ महानगर प्रमुख बालेनबीच भेट



अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह बीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित मन्त्री मोदीको कार्यकक्षमा भएको भेटमा मन्त्रालय र काठमाडौँ महानगरबीचको सहकार्य र समन्वयका सन्दर्भमा कुराकानी भएको बताइएको छ।

सो अवसरमा काठमाडौँ महानगर प्रमुख शाहले काठमाडौँ महानगरका जग्गा प्राप्तिसम्बन्धी समस्या, फोहरमैला व्यवस्थापनसम्बन्धी देखिएका समस्या र तर्जुमा भइरहेको कानूनका सन्दर्भमा चासो राख्नुभएको थियो ।

उहाँले मन्त्री मोदीसँग काठमाडौँ महानगरभित्र संघीय सरकारमार्फत् गर्नुपर्ने सहयोग र समन्वयका लागि आग्रह गर्नुभयो ।

मन्त्री मोदीले आवश्यक छलफल गरेर समस्या समाधानको दिशामा अगाडि बढ्ने भन्दै फोहोरमैला व्यवस्थापनसम्बन्धी कानून निर्माणको क्रममा रहेकाले त्यसमाथि महानगरलाई आवश्यक सुझाव दिन पनि आग्रह गर्नुभयो ।