२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एक भगवत गीता’ को टिजर रिलिज, कमलामाईको अवतारमा यस्तो देखिए विपिन कार्की



अ+ अ-

काठमाडौं । झरना थापाद्वारा निर्देशित नेपाली चलचित्र ‘एक भगवत गीता’ को टीजर सार्वजनिक गरिएको छ ।

शुक्रवार सार्वजनिक गरिएको फिल्मको टीजरमा मुख्य कलाकारहरु विपिन कार्की, सुहाना थापा, कबीर खड्का तथा धिरज मगरलाई चित्रण गरिएको छ ।

फिल्ममा अभिनेता विपिन कार्कीले नारी चरित्र कमलामाईको भूमिका निर्वाह गरेका छन् । जसलाई भयानक रुपमा उतारिएको छ ।

सुनिल कुमार थापाद्वारा निर्माण गरिएको यो फिल्ममा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर रहेको छ ।

यो फिल्म आगामी भदौ २९ गतेदेखि प्रदर्शनमा आउने छ ।