२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दासढुंगामा बस दुर्घटना,१९ यात्रु घाईते



अ+ अ-

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुदा १९ जना घाईते भएका छन् ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आज बिहान ५: २० बजे दासढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बस सडकबाट झण्डै १० मिटर तल खसेर रुखमा अड्किएको छ । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा लगिएको छ ।

बसलाई दुर्घटनास्थलबाट बाहिर निकाल्ने प्रयास भैरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

घाईतेहरुः
१)भारत सिलगुडी बस्ने बर्ष ६० की कमला सुब्बा
२)भारत सिलगुडी बस्ने बर्ष ४४ की लक्की सुब्बा,मध्यम
३)जि.मोरङ हरैचा न.पा.३ बस्ने बर्ष २३ को सुसान्त सुब्बा,सामान्य
४)ऐ. हरैचा ८ बस्ने बर्ष ३४ की सुनिता लामीछाने, सामान्य
५)जि.सुनसरी बस्ने बर्ष ४० की संगिता मगर,सामान्य
६)जि.झापा मेची न.पा.११ बस्ने बर्ष ३२ की सुमिमा राई, मध्यम
७.जि.भक्तपुर भक्तपुर म.न.पा.१ बस्ने बर्ष ३० को मिलन तामाङ,सामान्य
८.जि.ललितपुर गोदावरी न.पा.७ बस्ने बर्ष २७ को सुमन लामा,सामान्य
९.जि.भोजपुर अरुण गा.पा.१ बस्ने बर्ष २९ को नन्द बहादुर पाण्डे, सामान्य
१०.ऐ. बस्ने बर्ष १९ को लिला बहादुर पाण्डे, सामान्य

भरतपुर सरकारी अस्पतालमा उपचार भई रहेको घाईतेहरुः

१)सहचालक जि।सर्लाही लालबन्दी न.पा.१० बस्ने बर्ष ३६ को बिक्रम मगर, सामान्य

२)कन्टेक्टर जि.धादिङ निकण्ठ ७ बस्ने बर्ष ३६ को दिल बहादुर श्रेष्ठ, सामान्य

३)बसमा सवार जि।सुनसरी रक्तमाला न.पा.५ बस्ने बर्ष २९ की मनिका राई, सामान्य

४)बसमा सवार जि।मोरङ हरैचा न.पा.५ बस्ने बर्ष २५ की कल्पना राई, सामान्य

५)ऐ.बस्ने बर्ष २५ की सपना राई, सामान्य

६)जि.धनकुटा सहिदभुमी गा।पा।४ बस्ने बर्ष ३८ की बिश्वलक्ष्मी राई, सामान्य

७)निजकै छोरी बर्ष ४ की दिब्या राई, मध्यम

८)बस चालक जि।मकवानपुर हेटौंडा उ.म.न.पा.२ बस्ने बर्ष ३७ को बादल कुमार

९) काठमाण्डौ तर्फ गएको घाईते जि.धादिङ रुबीभ्याली गा.पा.४ बस्ने बर्ष ३२ को दिपक तामाङ, सामान्य ।