१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

बाढी : झोलुङगे पुलका सामान सुरक्षित स्थानमा राखिँदै

बाढी : झोलुङगे पुलका सामान सुरक्षित स्थानमा राखिँदै
अ अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित वनहरा नदीमाथिको बाढीले चुँडालेको झोलुङ्गे पुल खोल्ने कार्य सुरु गरिएको छ । गत वर्ष नदीको बाढीले चुँडेको पुलका सामान खोलेर वडा कार्यालयमा राख्न लागिएको छ । अबिरल वर्षाका कारण नदीमा बाढी आउँदा पुलका एकातर्फको भागको जग्गा कटान गर्दा पोल ढलेर नदीमा खसेको थियो ।

खसेका पोलमा नदीले बगाएर ल्याउने रुख काठपात अड्किन गई नदी बस्तीतर्फ पस्न सक्ने र बस्तीलाई क्षति हुने सम्भावना भएकाले पुलका सामान हटाउन थालिएको वडाध्यक्ष नवलसिंह रानाले बताउनुभयो । “क्षतिग्रस्त पुलका स्टिलपार्टस्, लठ्ठा, बुल्डग्रिप्सलगायतका सामान खोलेर वडा कार्यालयमा सुरक्षित तरिकाले राख्न लागेका छौँ”, उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालय र स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रिज डिभिजन कार्यालयबाट पुलका सामानको उचित व्यवस्थापनसहित रेकर्ड गरी स्थानीय तहको जिम्मेवारीमा राख्ने पत्राचार भएअनुसार कार्य भइरहेको छ ।”

पुलका पार्टहरू खोल्नका मजदुरलाई काममा लगाइएको उल्लेख गर्नु हुँदै उहाँले खोलिएका पार्टहरू चोरी हुनसक्ने भएकाले सुरक्षित तरिकाले ढुवानी गरी वडा कार्यालयमा राख्ने कार्य भइरहेको बताउनुभयो ।

“पुल खोल्नका लागि मजदुरको ज्याला र ढुवानी खर्चवापत लाग्ने केही रकम नगरपालिकाले व्यहोर्ने अश्वासन दिएको छ”, वडाध्यक्ष रानाले भन्नुभयो, “थोरै रकमले नपुग्ने भएकाले ब्रिज डिभजन कार्यालयलाई गुहारेका छौँ ।”

ढलेको पुल खोलेर वडा कार्यालयमा राखिए पनि हस्तान्तरण वा लिलामी गर्ने सम्बन्धमा सहरी विकास मन्त्रालयबाट निर्णय भएअनुसार हुने सस्पेन्स ब्रिज डिभिजन कार्यालयले पठाएको पत्रमा उल्लेख भएको वडाध्यक्ष रानाले जानकारी दिनुभयो ।

निर्माण भएको एक वर्ष नपुग्दै नदीमा आएको बाढीले एकातर्फको पोल नदीमा ढलाउँदा पुल चुडिएर नदीमा खसेको थियो । नदी वारपार गर्ने एकमात्रै पुल ढलेपछि स्थानीय बासिन्दा सास्ती खेप्दै आएका छन् । विद्यालय जाने विद्यार्थी, स्थानीय बासिन्दा, बिरामीलगायतले बाढी आएका बेला नदी तर्नुपर्ने पुरानै अवस्था दोहोरिएको छ ।

“नदीमा ढलेको पुल हटाउन एक वर्ष कुर्नुपरेको छ”, स्थानीय लक्ष्मण रानाले भन्नुभयो, “नयाँ पुल निर्माणका लागि गत वर्ष नै माग गरेका हौँ, अझै सुनुवाइ हुनसकेको छैन ।” ढलेको पुलको लम्बाइ एक सय ८७ मिटर रहेको थियो । पुल रु दुई करोड ५० लाख बढीको लगानीमा निर्माण गरिएको थियो । गत वर्षको भदौ ३१ गते आएको विनाशकारी बाढीले झोलुङ्गे पुल चुडालेको थियो ।

बाढीले पुल चुडाल्ने कार्यसँगै त्यस क्षेत्रका दर्जनौँ घर डुबानमा परेका थिए । लगाएको धान, उखु, सखरखण्डी, बदामलगायतको बालीमा व्यापक नोक्सानी भएको थियो ।