२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम स्वीकृति लिएर कुवेत हिडेका ११७ श्रमिकलाई विमानस्थलबाटै फर्काईयो



फाईल फोटो
अ+ अ-

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत हिडेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ ।

सलाम एयर र कुवेत एयरमार्फत कुवेत जान लागेका उनीहरुको भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले विमानस्थलबाटै फर्काएको हो । कार्यालयले बुधबार साँझ सलाम एयरबाट जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेत जान लगेका १६ जना श्रमिकलाई फिर्ता पठाएकोे हो ।

उनीहरूले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति पनि लिइसकेका थिए । तर, अध्यागमनले सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रुपमा लैजान लागेको भन्दै फर्काइदिएको हो । फर्काइएकामध्ये करिब आधा महिला रहेका छन् ।

श्रमिकको पासपोर्टमा एउटा खालको भिसा र ब्यागेजमा अर्को भिसाको कागजात रहेको पुष्टि भएपछि उनीहरुलाई फर्काइएको अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीले जानकारी दिए । ‘घरेलु श्रमिकका रुपमा नेपालबाट कुवेतमा जान मिल्दैन, तर फरक–फरक भिसाका कागज बनाएर म्यानपावर कम्पनीले लागेको पुष्टि भएपछि उहाँहरुलाई प्रस्थान अनुमति नदिएका हौं,’ उनले भने।

इन्डेक्स म्यानपावरबाट ४७, युथ म्यानपावरबाट ३२ र निलकलम एचआरबाट २४ जना, सुलभ म्यानपावरमार्फत ४ जना श्रमिकले कुवेतको भिसा लगाएर श्रम स्वीकृति लिएका बताईएको छ ।

अध्यागमन कार्यालयले आइतबार पनि श्रम स्वीकृति लिएर जोर्डन हिंडेका १५ जनालाई विमानस्थलबाट फर्काएको थियो । एससीसी म्यानपावर कम्पनीबाट जोर्डनमा काम गर्न अनुमति पाएका महिला श्रमिकहरुलाई शंकास्पद भिसा भन्दै फर्काएको थियो ।