१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

सामाजिक सञ्जालको दुरुपोग गरी ठगी गर्ने सात जना पक्राउ

सामाजिक सञ्जालको दुरुपोग गरी ठगी गर्ने सात जना पक्राउ
अ अ+ अ-

उदयपुर। प्रहरीले सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको अभियोगमा ७ जनालाई  पक्राउ गरेको छ ।

उक्त अभियोगमा प्रहरीले झापा बिर्तामोड नगरपालिका–५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्ट समेत ७ जनालाई पक्राउ गरेको हो ।

उदयपुर कटारी नगरपालिका–४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी हुँदै जाँदा तपाईलाई सामान र अमेरीकी डलर ७० हजार पठाइदिएको छु भन्दै त्यसको ट्याक्स वापत १ लाख ३० हजार ६ सय २७ रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

साथै उनीहरुले खोलेको संस्थाको खातामा एक वर्षमा १ अर्ब ९ करोड १ लाख ४२ हजार ३ सय ९३ रुपैयाँको कारोबार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरु उपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठीत अपराध सम्बन्धी कसूरमा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।