२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेदीखोला गाउँपालिकाका ७१४ श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध



अ+ अ-

काठमाडौँ । फेदीखोला गाउँपालिकामा निर्माण क्षेत्रमा कार्यरत ७१४ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।  यसका लागि कोष र गाउँपालिकाबीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा  सम्झौता भएको छ ।

विसं २०७९ मंसिर २५ गते स्वीकृत अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ बमोजिम उक्त सम्झौता भएको हो  ।

सम्झौता अनुसार गाउँपालिकाले न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत र श्रमिकको ११ प्रतिशत गरी २०.३७ प्रतिशत रकम हाल एक हजार नौ सय १२ रुपैयाँ मासिकरुपमा कोषमा योगदान हुनेछ ।

कार्यविधिमा स्वरोजगारमा रहेका व्यक्तिले सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३१ प्रतिशतदेखि सोको तीन गुणासम्म हाल न्यूनतम रु दुई हजार नौ सय नौ रुपैयाँ ३५ पैसाका दरले अधिकतम यसको तीन गुणासम्म कोषमा योगदान गरी कार्यविधि बमोजिमको सुविधा उपभोग गर्न सक्ने व्यवस्था छ।

कार्यविधिले नियमित रुपमा योगदान गर्ने योगदानकर्ताहरुलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी विभिन्न योजनाहरु सञ्चालनमा ल्याएको छ।

अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनसम्बन्धी कोष र पालिका बीचको सम्झौताले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सबैका लागि हुनेगरी व्यापकता प्राप्त गर्ने विश्वास कोषले लिएको छ।

मन्त्रालयमा भएको सम्झौता कार्यक्रममा फेदीखोला गाउँपालिकाका निर्माण क्षेत्रमा कार्यरत  ७१४ जना श्रमिकहरुलाई कोषमा आबद्ध गर्ने र कोषले कार्यविधि बमोजिमका सुविधाहरु प्रदान गर्नेगरी अघी बढेकोमा पालिकाका अध्यक्ष घनश्याम सुवेदी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष केवल प्रसाद भण्डारीले कोषलाई सामाजिक सुरक्षा कार्यक्रमको बिस्तार गरी आम नागरिक सम्म पुर्‍याउने गरी अगाडि बढ्न निर्देशन दिँदै अनौपचारिक क्षेत्रका कार्यक्रमको बिस्तारका लागि सबै ७५३ वटा पालिकाहरुलाई आह्वान समेत गर्नुभएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो ।