१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई लायन्समार्फत विश्वभर चिनाउनेछु : नव निर्वाचित अन्तरराष्ट्रिय निर्देशक बुर्लाकोटी



अ+ अ-

काठमाडौं । लायन्स क्लबको अन्तरराष्ट्रिय निर्देशक पदमा नेपालका लायन बालकृष्ण बुर्लाकोटी निर्वाचित हुनुभएको छ । अमेरिकाको बोस्टन सहरमा  हालै सम्पन्न अन्तरराष्ट्रिय सम्मेलनबाट उहाँ उक्त पदमा निर्वाचित हुनुभएको हो ।

विश्वका दुई सय भन्दा बढी देशमा परोपकारी सामाजिक संस्था लायन्स समाज सेवामा सक्रिय छ । लायन बुर्लाकोटी लायन्सको विश्वभरका १८  अन्तरराष्ट्रिय निर्देशकमध्येको एक हुनुहुन्छ । अन्तरराष्ट्रिय निर्देशकका रुपमा उहाँले सन् २०२५ सम्म आफ्नो नेतृत्व प्रदान  गर्नुहुनेछ । उहाँ ‘लायन्स क्लब मल्टिपल डिस्ट्रिक ३२५’ नेपालका पूर्व ‘चियरपर्सन’समेत हुनुहुन्छ । लामो समयदेखि सामाजिक  सेवामा सक्रिय उहाँले आफ्नो नेतृत्व समयमा क्लबमा नयाँ ‘रेकर्ड’ बनाउन सफल हुनुभएको थियो ।

लायन बुर्लाकोटीले लायन्सको सय वर्षको इतिहासमा पहिलो पटक एकै कार्यकालमा एकसय क्लब खोलेर विश्व रेकर्ड बनाउनुभएको थियो । दुई हजार आठ सय ६३ ‘मेम्बर सिपग्रोथ’ तथा ‘सय एमजेएफ कन्ट्रिव्युसन’ गराउन उहाँ सफल हुनुभएको थियो ।

नेपाली लायन्सका सदस्य माझ भिजेर काम गरेकाले तथा देशभरका लायन्स सदस्यको मन र विश्वासका कारण आफू अन्तरराष्ट्रिय निर्देशक  पदमा विजयी भएको उहाँले जानकारी दिनुभयो । क्लबको अन्तरराष्ट्रिय निर्देशक पदका विजयी भएपछि उहाँले विज्ञप्ति जारी गर्र्दै भन्नुभयो, “नेपालमा लायनिजमको विकास र विस्तारमा मेरो सक्रियता निरन्तर छ । आगामी दिनमा यो सक्रियतालाई अझ बढाउँदै नेपाललाई लायन्समार्फत संसारभर चिनाउनेछु ।”

लायन्सको अन्तरराष्ट्रिय निर्देशक बनेर संसारभर नेपालको झण्डा र राष्ट्रिय गानलाई चिनाउने अभियानमा लाग्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । साथै लायन्सको अन्तरराष्ट्रिय निर्देशक बनेपछि नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजना ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तरराष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय हुने उहाँले जानकारी दिनुभयो ।