२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कि पत्नी सीता दाहालको निधन भएको छ । लामो समयदेखि बिरामी दाहाललाई नर्भिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो । दाहाललाई अक्सिजनको कमी हुँदा भइ ८ बजे हृदयघात भएको र उपचारका क्रममा आज विहान ८ः३३ बजे उहाँको निधन भएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालले केही बेरपछि यसको आधिकारिक जानकारी गराउने तयारी गरेको छ ।

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित हुनुहुन्थ्यो । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ ।

उक्त रोगले मस्तिष्कको कोशिकामा क्षति हुँदा यस्तो समस्या देखिनेगर्छ । छोरा प्रकाश दाहालको असामयिक निधनपछि सीतालाई रोगले झन च्यापेको थियो । उहाँलाई यसअघि नेपालका विभिन्न अस्पतालका साथै अमेरिका, सिंगापुर र भारतका विभिन्न अस्पतालमा लगेर उपचार गराइएको थियो ।

सीता दाहाल आफ्नी धर्मपत्नी मात्र नभएर माओवादीको एक नेतृको भूमिकामा भूमिगतकालदेखि नै रहेको र पार्टीलाई माथि उठाउन सीता दाहालको ठूलो भूमिका रहेको प्रचण्डले बताउँदै आउनुभएको छ ।

प्रचण्डले दश वर्षको सशस्त्र युद्धको नेतृत्व गर्नुअघि पत्नी सीताले उहाँलाई राजनीतिमा त्यति धेरै साथ नदिए पनि सशस्त्र युद्धताका भने सिता प्रचण्डसँगै युद्धमा होमिनुभएको थियो । उहाँले प्रचण्डका पाइला–पाइलामा साथ दिनुभएको थियो । पत्नी सिता दाहालको सल्लाहमा प्रचण्डले निकै ठुला निर्णयहरु समेत गरेको मानिन्छ । माओवादी नेतृत्वभित्र चर्किने गरेका ठूला–ठूला अन्तरसंघर्षमा समेत सिताले प्रचण्डलाई सल्लाह दिने गर्नुहुन्थ्यो । यसरी हेर्दा प्रचण्डको राजनीतिक जीवनमा पनि पत्नी सीता दाहालको निकै ठूलो भूमिका देखिन्छ ।