२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङ एयर दुर्घटना: मृत्यु भएका ६ जनाको शव काठमाडौं ल्याउने तयारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका ६ जनाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ ।

आज विहान ९:५२ बजे सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको थियो ।

दुर्घटनास्थलको मौसम प्रतिकूल भएसँग भकान्जेमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर अवतरण गरेका छन् । अहिले शवहरु संकलन गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

मनाङ एयरको ९एन–एएमभी हेलिकप्टरमा पाइलट सीबी गुरुङसहित ६ जना सवार थिए । हेलिकप्टरमा पाँच जना मेक्सिकन यात्रु  थिए। उनीहरु लुक्लामा एक रात बसेर काठमाडौं फर्कदै गर्दा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।