२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङ एयर हेलिकप्टर दुर्घटना: पाँच जनाको मृत्यु, एक जना बेपत्ता



फाईल फोटो
अ+ अ-

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

मनाङ एयरको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापासमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । हेलिकोप्टरमा सवार छ जनामध्ये एक जना बेपत्ता छन् ।

अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।

सोलुखुम्बुको सुर्केबाट विहान ९:५२ बजे काठमाडौँका लागि उडेको हेलिकप्टर १०:१ बजे सम्पर्कविहीन भएको थियो । हेलिकप्टरमा पाँच जना यात्रु मेक्सिकन नागरिक छन् भने एकजना नेपाली चालक टेकबहादुर गुरूङ सवार छन्।

प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन् ।