२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा, तीन जनाको शव भेटियो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मनाङ एयरको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

घटनास्थलमा क्षेत्रमा असई निराजन बस्नेतको टोली पुगेको छ । हेलिकप्टरमा सवार तीनजनाको शव फेला परेको असई बस्नेतले जानकारी दिएका कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले बताए ।

‘घटनास्थलमा पुगेका प्रहरीले तीनवटा शव देखेको बताएका छन्। शवको पहिचान भइसकेको छैन। घटनास्थलमा स्थानीय पनि छन् । अरू खोज्नेक्रम जारी छ।,’ डिआइजी बास्तोलाले भने।

सोलुखुम्बुको सुर्केबाट विहान ९:५२ बजे काठमाडौँका लागि उडेको हेलिकप्टर १०:१ बजे सम्पर्कविहीन भएको थियो । हेलिकप्टरमा पाँच जना यात्रु मेक्सिकन नागरिक छन् भने एकजना नेपाली चालक टेकबहादुर गुरूङ सवार छन्।