२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईईमा गोरखा जिल्लाकै उत्कृष्ट बनिन् श्रेष्ठ



अ+ अ-

गोरखा । गोरखाको विकट गाउँ आरूघाटमा अवस्थित नेप्लिज एडभान्स सेकेण्डरी वोडिङ स्कुलकी छात्रा आयुष्मा श्रेष्ठ एसईई परीक्षामा जिल्ला उत्कृष्ट भएकी छिन्। ४ जीपीए ल्याएकी श्रेष्ठ जिल्लाकै सर्वोत्कृष्ट अंक ल्याउने छात्रा बनेकी हुन्।

उनको ब्याचमा १४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको थियो। सो नतिजामा श्रेष्ठले ४ जीपीए ल्याएर उत्कृष्ट भएको प्रधानाध्यापक भोजराज भट्टले जानकारी दिए।

आयुष्माले अबका दिनमा विज्ञान संकायमा अध्ययन गरी न्यूरो सर्जन बन्ने लक्ष्य रहेको बताएकी छिन्। आयुस्मा काठमाडौंमा सेन्ट जेभिएरमा छात्रावृत्ति पाएम् अध्ययन गर्न चाहन्छिन्।

उनी सानैदेखि विद्यालय उत्कृष्ट हुँदै छात्रवृत्तिमै अध्ययन गर्दै आइरहेकी छिन्। उनले यो सम्पूर्ण सफलताको श्रेय आफ्नो परिवार र दिदीलाई दिएकी छिन्।

उनकी दिदी हाल गण्डकी मेडीकल कलेजमा एमबीबीएस अध्ययरत छिन्। उनकी आमा शिक्षिका हुन् भने बुवा व्यवसायी आरूघाटमा रहँदै आएका छन्।

माध्यमिक शिक्षा परीक्षा एसइईमा माथिल्लो ग्रेड ल्याउनेको संख्या बढेको छ। एसईईमा २२ हजार ४ सय ७५ जनाले ३।६ देखि ४ जीपीए ल्याएका छन्।