२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाग्यमानी हुन्छन् यी अक्षरबाट नाम सुरु हुने व्यक्तिहरु



अ+ अ-

एजेन्सी । हिन्दू धर्ममा कुबेरलाई धनको देवता भनेर सम्बोधन गरिन्छ । जसलाई भगवान् कुबेरको आशीर्वाद मिल्छ उसले जीवनमा धेरै पैसा कमाउँछ भन्ने मान्यता छ । आज हामी तपाईलाई यस्ता ४ नाम भएका व्यक्तिहरुको बारेमा बताउन गइरहेका छौँ जसमाथि भगवान कुबेरको विशेष आशीर्वाद हुन्छ ।

ज्योतिष शास्त्र अनुसार ‘ए’ अक्षर बाट नाम सुरु हुने व्यक्ति धेरै भाग्यशाली हुन्छन् । जीवनमा पैसा–अनाजको कमी कहिल्यै हुँदैन । धनका देवता कुबेर उनीहरूप्रति दयालु छन् । यी मानिसहरु बुद्धिमान हुनुका साथै मेहनती पनि हुन्छन् । यस विशेषताको कारण, यी व्यक्तिहरूले जीवनमा धेरै पैसा कमाउँछन् ।

अङ्ग्रेजीको ‘बी’ अक्षरबाट नाम सुरु हुने मानिसहरु मेहनती हुनुका साथै बुद्धिमान पनि हुन्छन् । यसका साथै उनीहरुले जुनसुकै काम सुरु गरे पनि त्यसमा सफलता प्राप्त गरिरहन्छन् । तिनीहरू कहिल्यै कसैको भर पर्दैनन् तर आफ्नो भाग्य आफै बनाउनमा विश्वास गर्छन् । यस्ता व्यक्तिले जीवनमा धेरै धन कमाउँछन् । जसका कारण उनीहरुको जीवनमा सुखसुविधाको कहिल्यै कमी हुँदैन ।

जसको नाम ‘के’ अक्षरबाट सुरु हुन्छ, उनीहरुको जीवनमा धनको कमी हुँदैन । यी व्यक्तिहरूले आफ्नो जीवनमा धेरै धन कमाउँछन् । जसका कारण उनीहरुको आर्थिक अवस्था राम्रो हुन्छ । धनका देवता कुबेरको विशेष कृपा हुन्छ । जिद्दी र भावुक हुनुका साथै यस्ता व्यक्ति धनको मामिलामा पनि धेरै भाग्यशाली हुन्छन् ।

‘एन’ अक्षरबाट नाम सुरु हुने मानिसहरु धेरै खुसी हुन्छन् । यी मानिसहरू आफ्नो जीवनमा कडा परिश्रम गर्छन् र यही मेहनतका कारण उनीहरू विलासी जीवन बिताउन सफल हुन्छन् । भगवान कुबेरको विशेष कृपाले उनीहरुको जीवन सदैव सुख–सुविधाले भरिपूर्ण हुन्छ ।