२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषयगत समितिको सभापति चयनबारे शीर्ष नेताहरुसँग सभामुख घिमिरेको छलफल



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति चयनका विषयमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसँग मंगलबार बिहान छलफल सुरु गर्नुभएको छ ।

सभामुख घिमिरेले मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल हुँदैछ । छलफलमा कानूनमन्त्री धनराज गुरुङ पनि सहभागी हुनुहुन्छ ।

उहाँले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरुसँग छलफल गर्नुहुने सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति भए पनि कुनै पनि संसदीय समितिका सभापति चयन भएका छैनन् । राष्ट्रियसभा र प्रतिनिधि सभाका संयुक्त दुई समिति पनि सभापति विहीन छन् । अहिलेसम्म समितिको बैठक बस्दा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्दै आएका छन् ।

गत वैशाख १५ गते प्रतिनिधिसभाका १० वटै विषयगत समिति गठन भएको थियो । त्यसको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरु भए पनि सभापति चयन हुन सकेको थिएन । सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।