५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मात्र २ वटा ल्वाङ प्रयोग गर्नाले यी १० समस्याको समाधान ! यसरी प्रयोग गर्नुस्



अ+ अ-

काठमाडौं । ल्वाङको प्रयोग नेपाली खानाबाहेक आयुर्वेदिक उपचारको लागि पनि हुन्छ । यसको प्रयोगले खानाको स्वाद त आउँछ नै त्यसबाहेक औषधीको रुपमा प्रयोग गर्दा यसले अनेकौं स्वास्थ्य समस्यामा फाइदा हुन्छ । उत्तराखंड आयुर्वेद विश्वविद्यालयका स्वास्थ्य वृत्त विभागमा हेड अफ डिपार्टमेन्ट डाक्टर अवधेश मिश्राका अनुसार ल्वाङमा स्वास्थ्य सन्तुलित बनाउने र समस्याबाट बचाउने कैयौं गुण हुन्छन् । जानौं ल्वाङका फाइदाहरु :

१) ग्याष्ट्रिकः एक कप उम्लिरहेको पानीमा २ वटा ल्वाङ पिसेर राख्नुहोस् । पानी चिसो भएपछि पिउनुहोस् ।

२) दाँत दुखाइः १ चम्चा कागतीको रसमा २ वटा ल्वाङ घोटेर दाँतमा लगाउनुहोस् । पीडाबाट राहत पाइनेछ ।

३) मुखको दुर्गन्धः २ वटा ल्वाङ एउटा सानो सुकमेलसँग चपाउनुहोस् । मुखको दुर्गन्धबाट छुटकारा पाउनुहुनेछ ।

४) मुखमा फोका उठ्नुः २ वटा ल्वाङ हल्का भुटेर मुखमा राख्नुहोस् । फोका पर्दा राहत हुनेछ ।

५) पखाला र ज्वरोः २ ल्वाङ र ४-५ वटा तुलसीका पात एक कप पानीमा उमालेर पिउनुहोस् ।

६) गर्धन दुखाइः २ वटा ल्वाङ पिसेर एक कचौरा तोरीको तेलमा मिसाएर हल्का मालिस गर्नुहोस् ।

७) पेटमा जुका वा अन्य परजीवी पर्नुः २ वटा ल्वाङ पिसेर १ चम्चा महसँग २ हप्तासम्म खानुहोस् ।

८) स्ट्रेसः २ ल्वाङ, तुलसी र पुदिनाका ७–८ वटा पात, एउटा सानो सुकमेल पानीमा उमालेर पिउनुहोस् ।

९) टाउको दुखाइः २ वटा ल्वाङ र एक चिम्टी कपुर पिसेर नरिवलको तेलमा मिसाइ टाउको मालिस गर्नुहोस् ।

१०) रुखो कपालः २ वटा ल्वाङ आधा कप ओलिभ तेलमा मिसाएर मधुरो आँचमा तताउनुहोस् । सेलाएपछि कपालमा लगाउनुहोस् ।

(एजेन्सीको सहयोगमा)