६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नारायणगढ-मुग्लिन सडकको विकल्पमा चार सम्भावना

नारायणगढ-मुग्लिन सडकको विकल्पमा चार सम्भावना
फाईल फोटो
अ+ अ-

काठमाडौँ । हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढदेखि मुग्लिन सडकको विकल्प खोजिन थालेको छ । त्यसका लागि हाल चार वटा विकल्प देखिएका छन् । तीनमा केही निर्माण कार्य थप्न आवश्यक देखिएको छ ।

एउटा विकल्पमा पूर्वी नवलपरासीको गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुंगा हुँदै मुग्लिनसम्म अहिलेको सडकपारी तनहुँतर्फ त्रिशूलीको किनारैकिनारको छ । त्यस्तै अर्को चितवनको भण्डाराबाट धादिङको मलेखुसम्म अहिलेको सिंगल ट्रयाक खालेर काम अघि नबढाई रोकिएको भण्डारादेखि मलेखु सडक छ ।

तेस्रोमा नारायणगढदेखि मुग्लिन सडकमै पर्ने घुमाउनेमा त्रिशूली नदीमाथि अलपत्र पारेको पुल बनाउन सके मात्रै पनि नारायणगढबाट पोखरा जाने बाटो खुल्ने र विकल्प बन्नेछ ।

सडक विभागले डिभिजन कार्यालय भरतपुरलाई वैकल्पिक सडकबारे अध्ययन गर्न निर्देशन दिइसकेको छ । डिभिजन सडक कार्यालय भरतपुरका डिभिजन प्रमुख (डिई) रमेशप्रसाद पौडेलले अहिलेको सडकपारी त्रिशूली किनारैकिनार तनहुँतर्फ नयाँ सडढक बनाउन सकिने गरी गृहकार्य सुरु भएको जानकारी दिनुभयो ।

‘पूर्वी नवलपरासीको गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुंगा हुँदै मुग्लिनसम्म सडक बनाउने गरी गृहकार्य हुँदैछ’, उहाँले भन्नुभयो ।

सुरुमा नयाँ सडक बनाउनुपर्ने ठाउँलाई राष्ट्रिय सडक कायम गरिनुपर्ने भएकाले अहिलेको त्यो निर्णयका प्रस्ताव मन्त्रिपरिषदमा लैजान टिप्पणी तयारीको काम भइरहेको उहाँले बताउनुभयो । उक्त टिप्पणी सडक विभाग, भौतिक मन्त्रालय हुँदै मन्त्रिपरिषदको बैठकमा प्रस्तुत गरिनेछ ।

मन्त्रिपरिषदबाट निर्णय भएलगत्तै नयाँ सडक निर्माणका लागि परियोजनाको विस्तृत अध्ययन डिपिआर बनाउने, स्रोतको खोजी गरी योजना निर्माणका लागि प्रक्रिया अघि बढ्नेछ ।

वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटरको दूरी पर्छ । त्यसमा पनि गैँडाकोटदेखि दासढुंगासम्मको १६ किलोमिटर अहिले पनि कालोपत्रे सडक नै छ । अब दासढुंगादेखि मुग्लिनसम्मको २० किलोमिटर सडक बनाउने हो भने नारायणगढदेखि मुग्लिन सडककै कारण यात्रुले भोग्नुपरेको समस्या समाधान हुने विश्वास गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्रका विभागीय प्रमुख प्राडा खुमनारायण पौडेलले त्रिशूलीपारी नयाँ सडक राम्रो विकल्प रहेको र भौगोलिक अवस्था पनि एउटै चट्टानको स्वरुप भएकाले पनि यो ठाउँ सडक बनाउन उपयुक्त रहेको बताउनुभयो ।

उहाँले नारायणगढदेखि मुग्लिन सडकमा पहिरो मात्रै काटेरभन्दा पनि साना साना सुरुङ बनाएर सडक बनाउन सक्ने हो भने पहिरोको जोखिम कम हुने बताउनुभया । यसका साथै चितवनकै शक्तिखोरबाट पृथ्वीराजमार्गको माझिमटार निकाल्ने गरी सुरुङमार्गको पनि सडक विभागले अध्ययन सुरु गरेको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।