२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरी परिवार महिला सङ्घद्वारा सम्मान



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला सङ्घले आफ्नो २२ औँ स्थापना दिवसका अवसरमा विभिन्न समाजसेवी संस्थालाई सम्मान प्रदान गरेको छ ।

आज यहाँ आयोजित समारोहमा सङ्घले मानव सेवामा योगदान पुर्याएबापत ललितपुरको भैंसेपाटीस्थित तुलसादेवी हरिहर फाउन्डेसनका अध्यक्ष सरु सुवेदी, पोखराको कोेपिला नेपालकी विना सिलवाल र रौतहटको माण्डवी संस्थाकी अन्जु झालाई सम्मान गरेको हो ।

ती संस्थाहरुले समाजका असहाय तथा गरिब दुःखीलाई आश्रय दिइ सेवा गरिरहेकाले उनीहरुको मानवीय सेवाका लागि सम्मान प्रदान गरिएको सङ्घले जनाएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ती संस्थाका प्रमुखहरूलाई सम्मान प्रदान गर्नुभयो ।

सो अवसरमा उपप्रमुख डंगोलले सशस्त्र प्रहरी परिवार महिला सङ्घको सेवामुखी क्रियाकलापको साथै समाज सेवाको पवित्र कार्यमा आफ्नो जीवन समर्पण गर्नुहुने विभिन्न क्षेत्रका महानुभावहरुलाई कदरपत्र प्रदान गर्नुभएको हो ।

उहाँले सङ्घले बालक, बृद्धबृद्धा तथा नारी सशक्तिकरणको क्षेत्रमा मात्र नभई समग्र राज्यको शिक्षा, स्वास्थ्य, वातावरण, खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राखी सेवामूलक कार्यहरु गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले वार्षिकोत्सवको अवसरमा आयोजित प्रथम महिला हाफ म्याराथन दौडका विजयी खेलाडीलगायत महिला राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।

सशस्त्र प्रहरी परिवार महिला सङ्घकी केन्द्रिय अध्यक्ष अनिता लामिछाने अर्यालले विभिन्न निजी तथा सामुदयिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल छात्रछात्राहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुहुँदै सङ्घको विभिन्न सेवामुलक कार्यहरुमा सहयोग गर्ने सरकारी तथा गैरसकारी सङ्घसंस्था एवं महानुभावहरुको अनुकरणीय योगदानप्रति आभार प्रकट गर्नुभयो ।रासस