२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरी परिवार महिला सङ्घद्वारा सम्मान



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला सङ्घले आफ्नो २२ औँ स्थापना दिवसका अवसरमा विभिन्न समाजसेवी संस्थालाई सम्मान प्रदान गरेको छ ।

आज यहाँ आयोजित समारोहमा सङ्घले मानव सेवामा योगदान पुर्याएबापत ललितपुरको भैंसेपाटीस्थित तुलसादेवी हरिहर फाउन्डेसनका अध्यक्ष सरु सुवेदी, पोखराको कोेपिला नेपालकी विना सिलवाल र रौतहटको माण्डवी संस्थाकी अन्जु झालाई सम्मान गरेको हो ।

ती संस्थाहरुले समाजका असहाय तथा गरिब दुःखीलाई आश्रय दिइ सेवा गरिरहेकाले उनीहरुको मानवीय सेवाका लागि सम्मान प्रदान गरिएको सङ्घले जनाएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ती संस्थाका प्रमुखहरूलाई सम्मान प्रदान गर्नुभयो ।

सो अवसरमा उपप्रमुख डंगोलले सशस्त्र प्रहरी परिवार महिला सङ्घको सेवामुखी क्रियाकलापको साथै समाज सेवाको पवित्र कार्यमा आफ्नो जीवन समर्पण गर्नुहुने विभिन्न क्षेत्रका महानुभावहरुलाई कदरपत्र प्रदान गर्नुभएको हो ।

उहाँले सङ्घले बालक, बृद्धबृद्धा तथा नारी सशक्तिकरणको क्षेत्रमा मात्र नभई समग्र राज्यको शिक्षा, स्वास्थ्य, वातावरण, खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राखी सेवामूलक कार्यहरु गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले वार्षिकोत्सवको अवसरमा आयोजित प्रथम महिला हाफ म्याराथन दौडका विजयी खेलाडीलगायत महिला राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।

सशस्त्र प्रहरी परिवार महिला सङ्घकी केन्द्रिय अध्यक्ष अनिता लामिछाने अर्यालले विभिन्न निजी तथा सामुदयिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल छात्रछात्राहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुहुँदै सङ्घको विभिन्न सेवामुलक कार्यहरुमा सहयोग गर्ने सरकारी तथा गैरसकारी सङ्घसंस्था एवं महानुभावहरुको अनुकरणीय योगदानप्रति आभार प्रकट गर्नुभयो ।रासस




भर्खरै