४ श्रावण २०८३, सोमबार
,
Latest
एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त इरानी गृहमन्त्री सोमबार पाकिस्तान आउने नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा आयो



अ+ अ-

काठमाडौँ । शनिबार रातिदेखि पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा नारायणगढतर्फको भागमा खसेको पहिरोले अवरुद्ध बनेको सडक साँझ पौने ६ बजेपछि दुईतर्फी सञ्चालनमा आएको हो ।

आइतबार दिनभर एक्साभेटरले पहिरोले खसेको ढुंगा–माटो फालेपछि सडक सञ्चालनमा आएको हो ।

सडक खुलेपछि शनिबार रातिदेखि सडकमा अलपत्र गाडीहरु गन्तव्यतर्फ जान थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।