२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुठ्ठीदानबाट मदरसा सञ्चालन



अ+ अ-

पाल्पा । मुठ्ठीदान तथा चन्दादाताबाट खर्च जुटाएर धेरै विद्यालय सञ्चालन गरिएका छन् । पाल्पा रामपुर नगरपालिका–४ स्थित इस्लामपुरमा रहेको मदरसा नुरुल हुदा आधारभूत विद्यालय एक नमुना धार्मिक विद्यालयका रुपमा चिनिएको छ । मुस्लिम समुदायका बालबालिकालाई शिक्षा दिन चन्दा उठाएर, विद्यार्थीबाट मुठ्ठीदान सङ्कलन (जकात फण्ट) गरी उक्त विद्यालय सञ्चालन भइरहेको छ ।

यस विद्यालय रामपुरको दश उत्कृष्ट विद्यालयभित्र पर्दछ । हरेक हप्ताको बिहीबार विद्यार्थीले घरमा उत्पादन भएका विभिन्न अनाज विद्यालयमा लैजाने गर्दछन् । “हरेक बिहीबार विद्यार्थीले घरमा उत्पादन भएका अनाज लिएर आउँछन् । बिहीबार विद्यालय आउँदा अनिवार्य केही न केही घरबाट लिएर आउनुपर्ने हुन्छ”, विद्यालयका सहायक प्रधानाध्यापक मोहम्मद सलिमले भन्नुभयो ।

विद्यार्थीले आफूले सकेको अनाज लिएर आउने र उक्त अनाज सङ्कलन गरेर विद्यालयको छात्रावासमा बसोबास गर्ने विद्यार्थीका लागि खाद्यान्नका रुपमा प्रयोग गरिने उहाँले जानकारी दिनुभयो । सलिमका अनुसार विद्यार्थीले गरेको मुठ्ठीदानबाट छात्रावासमा बसोबास गर्ने विद्यार्थीलाई खाद्यान्न व्यवस्थापनमा सघाउ पुगेको छ । “विद्यालयले मुठ्ठीदान ल्याउन अनिवार्य गरेको छैन । दैनिक विद्यालय अध्ययन गर्न आउने विद्यार्थीले स्वेच्छाले घरबाट अनाज मुठ्ठीदानका रुपमा ल्याउने गरेका छन्”, उहाँले भन्नुभयो ।

विद्यार्थीले ल्याएको मुठ्ठीदानबाट सङ्कलित अनाजले छात्रावासमा बसोबास गर्ने विद्यार्थीका लागि करिब चारदेखि छ महिनासम्म खाद्यान्न व्यवस्थापन हुने विद्यालयले जनाएको छ । यस धार्मिक विद्यालयमा मुस्लिम समुदायका बालबालिकाले मात्रै अध्ययन गर्दछन् । यहाँ पठनपाठन गर्न देशका विभिन्न जिल्लाका विद्यार्थी आउने गरेका छन् । हाल विद्यालयमा छात्र ८१, छात्रा एक सय ३२ गरी जम्मा दुइ सय १३ विद्यार्थी अध्ययनरत छन् ।

जिल्ला बाहिरका ८२ र स्थानीय एक सय ३१ विद्यार्थी शैक्षिक सत्रमा भर्ना भई अध्ययनरत रहेको विद्यालयले जनाएको छ । छात्रावासमा जिल्ला बाहिरबाट आएका ८२ विद्यार्थी रहेका विद्यालयका लेखापाल महम्मद अलिले बताउनुभयो । उहाँका अनुसार यहाँ नेपालगञ्ज, रुपन्देही, वीरगञ्ज, सुनसरी, भैरहवा, कैलाली, नवलपुर, तनहुँलगायत जिल्लाका विद्यार्थी छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् । नेपाली भाषा प्रष्ट पढ्न पाइने, धार्मिक पढाइ हुने, नेपाल सरकारका सबै विषय पठनपाठन हुने भएकाले बाहिरबाट यहाँ पढ्न आउनेको आकर्षण बढेको अलिको भनाइ थियो ।

विद्यालयको प्रयाप्त आयस्रोत केही नभए पनि मुठ्ठीदान र चन्दाकै भरमा गुणस्तरिय शिक्षा प्रदान भइरहेकाले बाहिरी जिल्लाका धेरै विद्यार्थी पढ्न सम्पर्कमा आउने गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले अनिवार्य गरेका सबै विषयसहित उर्दु, अरेबिक, दिनियाँत ९नैतिक शिक्षा०, कुरान, कम्प्युटर विषय समेत पठनपाठन हुने गरेको छ ।

अन्य विद्यालयमा शनिबार बिदा हुने गरेकामा यहाँ शुक्रबार हप्तामा एक दिन बिदा दिने गरिएको विद्यालयले जनाएको छ । विसं २०५५ मा तत्कालीन जिल्ला शिक्षा कार्यालय पाल्पाबाट स्वीकृति लिएर कक्षा १ देखि ५ सम्म सञ्चालन गरिएको थियो । विसं २०६० मा छिमेकी सीताराम माध्यमिक विद्यालयसँग समन्वय गरेर कक्षा ७ सम्म सञ्चालन गरिएको थियो । विसं २०६८ मा कक्षा ६ देखि ८ सम्म विद्यालयले अनुमति लिएर आफ्नै भवनबाट कक्षा सुरु गरेको हो । कक्षा ९ देखि १० सम्म पठनपाठनका लागि प्रक्रिया पूरा भइसकेको हँुदा अनुमति पाएलगत्तै छिट्टै सञ्चालनको तयारी भइरहेको विद्यालयका सहायक प्रधानाध्यापक मोहम्मद सलिमले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ साँढे दुई वर्ष उमेरदेखिका बालबालिका पढिरहेका छन् ।

रामपुरमा मदरसा स्थापना नहँुदा यस क्षेत्रका मुस्लिम समुदायका विद्यार्थी विराटनगर, भारतको आजमघट, बिहारमा गएर पढ्नुपर्ने अवस्था थियो । यस क्षेत्रमा मदरसा खुलेपछि रामपुरका मात्र नभइ छिमेकी जिल्ला तनहुँ, स्याङ्जा, नवलपुर क्षेत्रका मुस्लिम समुदायका विद्यार्थीलाई पठनपाठनमा धेरै सजिलो भएको छ । विद्यालयको नाममा पाँच रोपनी जग्गा छ । हाल साँढे दुई रोपनी जग्गामा विद्यालय सञ्चालन भइरहेको छ ।रासस




भर्खरै