२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपाललाई स्वर्ण



अ+ अ-

नेपाली कराते खेलाडी सुमन तिमल्सिनाले युएस ओपन आईएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । सुमनले सिनियर पुरुष एकल कातामा स्वर्ण जितेका हुन् ।

इन्टरनेसनल स्पोर्ट्स कराते एसोसिएसन आईएसकेए, युएसएको आयोजनामा अमेरिकाको फ्लोरिडामा भएको प्रतियोगितामा सुमनले २९.९५ अंक जोडे । गुवाटेमाला दोश्रो तथा जर्मनी र अमेरिकाका खेलाडी तेश्रो भए । सुमनका अनुसार उनले प्रतिस्पर्धा गरेको स्पर्धामा विभिन्न राष्ट्रका १२ खेलाडी सहभागी थिए । प्रतियोगिता जुन २९ देखि जुलाई १ तारिखसम्म भएको थियो ।

सुमनले बंगलादेशमा भएको तेश्रो कन्टिनेन्टल एसियाली करातेमा स्वर्ण, श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय करातेमा स्वर्ण, भारतमा भएको छैटौं एसियाली गोजुरियो करातेमा रजत, मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो करातेमा कांस्य, जर्मनीमा भएको चेम्निज ओपन करातेमा स्वर्ण र टोरोन्टो अन्तर्राष्ट्रिय मार्सल आर्ट्स इ–कातमा स्वर्ण जितेका थिए ।