४ श्रावण २०८३, सोमबार
,
Latest
इरानी गृहमन्त्री सोमबार पाकिस्तान आउने नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवासमा बनेका संरचना हटाउन काठमाडौँ महानगरको ७ दिने अल्टिमेटम



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गामा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ ।

उक्त क्षेत्रमा घेराबारा गर्न एक्शनमा उत्रिएका महानगर नगर प्रहरीका प्रमुख राजु पाण्डेले त्यहाँका संरचना हटाउन निर्देशन दिएका हुन् ।

पाण्डेको नेतृत्वमा डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका थिए ।

सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरु गरेको बताउँदै प्रमुख पाण्डेले अटेर गरे महानगर प्रहरीले हटाउने चेतावनी समेत दिएका छन् ।

ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा विशेष अदालतमा १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलिरहेको छ ।