२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधेयकहरु अचानक संसदमा छलफलका लागि ल्याउनु सरकारको गम्भिर लापरबाही हो: प्रदीप यादव



अ+ अ-

काठमाडौँ । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले सांसदहरुलाई अध्ययन नै गर्न नदिई संसदमा छलफलमा लागि विधेयकहरु ल्याउने गरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

आईतबार प्रतिनिधिसभाको दोसो बैठकमा बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा उहाँले सरकारले गम्भिर प्रकृतिका विधेयकहरु छलफलमा ल्याउँदा आफूहरुलाई अध्ययन गर्ने समय समेत नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो ।

प्रमुख सचेतक यादवले सांसदहरुलाई छलफल समेत गर्न नदिई कुनै पनि विधेयकमा संसदमा अचानक छलफलमा ल्याउन काम नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । गम्भिर प्रकृतिका विधेयक ल्याउनु अघि राजनीतिक दलहरुबीच सरकारले व्यापक रुपमा छलफल गराउनुपर्ने उहाँको भनाई थियो । प्रमुख सचेतक यादवले सरकारले ल्याएको विधेयक अध्ययन नै गर्न नपाउँदा अनुमानको भरका छलफलमा भाग लिनुपर्ने अवस्था आउने गरेको गुनासो समेत गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘निश्चित रुपमा यो सरकारको धेरै लापरबाही हो । अचानक यस्ता गम्भिर विधेयकहरु आउँछन । जसको चाँही हामी अध्ययन गर्न पनि पाउँदैनौं । विधेयकहरु पनि समयमा हातमा आउँदैनन् । र, अन्दाजको भरमा हामीले बोल्नु पर्छ । कहाँकहाँबाट हामीले विधेयकको पनि व्यवस्था गर्नु पर्छ । वास्तवमा यो आउनुपर्ने कुरा चाँही हो । तर यो व्यापक छलफल गरेर नै ल्याउनुपर्ने थियो । किनकी यसमा एकतर्फी रुपमा मात्रै गएर हुँदैन सभामुख महोदय ।’

प्रमुख सचेतक यादवले विधेयकहरुमाथि अन्दाजको भरमा सांसदहरुले बोल्नुपर्ने अवस्था आउन नदिनेतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।