१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्री एयरलाइन्सका सबै उडान स्थगित



फाईल फोटो
अ+ अ-

काठमाडौं । श्री एयरलाइन्सले आज निर्धारित सबै उडान स्थगित गरेको छ । शनिबार धनगढीका लागि उडेको श्री एयर २२५ उडान नम्बरको विमानमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं नै फर्काइएको थियो । सोही घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको छ एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो ।

‘क्यानडामा निर्मित ड्यास८ क्यू ४०० विमान प्राविधिक रुपले अति सुरक्षित विमान मानिन्छ । यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याउन यस एयरलाइन्सको प्राथमिकता भएकाले यस्ता प्राविधिक समस्या नदोहोरियोस भन्ने उद्देश्यले आइतबारका दिन सबै उडान स्थगित गरी विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरिएको र सोमबारदेखि भनेल सम्पूर्ण उडान यथावत सञ्चालन गरिनेछ’, उहाँले भन्नुभयो ।

उडान स्थगित गरी आइतबार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ । हिजोको घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको हो । सोमबारबाट भने सम्पूर्ण उडानहरू सञ्चालन गरिने उहाँको भनाइ छ ।