२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाफ म्याराथन दौडको उपाधी राममाया बुढालाई



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सवको अवसरमा असार १७ गते आयोजना गरिएको ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८०’ को उपाधी नेपाल पुलिस क्लवकी राममाया बुढाले हात पारेकी छिन् । उनले १ घण्टा २६ मिनेट ९ सेकेण्डमा २१ किलोमिटर दुरी पार गरि प्रथम भएकी हुन् ।

प्रधान कार्यालय हल्चोकको रंगशालाबाट सुरु भएको प्रतियोगिता सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालयको उपस्थितिमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले उद्घाटन गर्नुभएको थियो ।

प्रधान कार्यालयबाट सुरु भएको  म्याराथन स्वयम्भु, कलङ्की, बल्खु, सानेपा, एकान्तकुना, सातदोबाटो, एन्फा फुटबल ग्राउण्डबाट सोही रुट फिर्ता हुँदै स्टार हस्पिटल सानेपा, बल्खु, कलङ्की, सितापाईला, कारखानाचोक भई पुनः हल्चोक रंगशाला आएर समापन भएको थियो ।

प्रतियोगितामा प्रथम हुने नेपाल पुलिस क्लवकी राममाया बुढाले १ लाख रुपैयाँ, दोश्रो हुने नेपाल एपीएफ क्लवकी बिन्दाधन्के श्रेष्ठले १ घण्टा २७ मिनेट २७ सेकेण्डमा निर्धारित दुरी पार गरी ७५ हजार रुपैयाँ तथा तेस्रो हुने त्रिभुनव आर्मी क्लवकी पूर्ण राज्यलक्ष्मी न्यौपानेले १ घण्टा २७ मिनेट ५० सेकेण्डमा पार गरी ५० हजार रुपैयाँ जितेका छन ।

साथै चौथो हुने नेपाल एपीएफ क्लवकी आशा राउतले १ घण्टा ३२ मिनेट १८ सेकेण्डमा पार गरी २५ हजार रुपैयाँ र पाचौं हुने नेपाल पुलिस क्लवकी सुमित्रा चौधरीले १ घण्टा ३२ मिनेट २८ सेकेण्डमा पार गर्दै १५ हजार रुपैयाँ जितेकी छन ।

उपाधी हासिल गर्ने धावकहरुलाई यही असार १७ गते आईतबार वार्षिकोत्सवमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ, छैठौं देखि दशौं स्थान हासिल गरेका धावकहरुलाई भने आजै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितमा त्रिभुवन आर्मी क्लव, नेपाल पुलीस क्लव, नेपाल एपीएफ क्लवका लगायत सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु तथा देशैभरका महिला धावकहरु गरी कुल ४२ जना महिलाहरुको सहभागिता रहेको थियो ।