२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

को बन्ला विश्वकपमा भारतको नम्बर ४ ? अय्यर, राहुल र रहाणे प्रमुख दावेदार



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकपमा टीम इण्डियाका लागि चौथो नम्बरमा कसले ब्याटिङ गर्नेछ ? यो प्रश्न २०१९ विश्वकपअघि नै भारतीय व्यवस्थापन र चयनकर्ताका लागि टाउको दुखाइ बनेको थियो ।

करिब ६ महिनाअघि श्रेयस अय्यरलाई यही नम्बरमा खेल्ने मानिएको थियो तर उनको कमजोर फिटनेसले चयनकर्तालाई अन्य विकल्पमा विचार गर्न बाध्य बनाएको छ ।

टिम इन्डियाको अगाडि नम्बर ४ को समस्या अहिले मात्रै आएको होइन । वास्तवमा युवराज सिंहको सन्यासपछि यो समस्या कायमै छ । यस पोजिसनमा खेल्दै युवराजले २०११ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । युवीको प्रदर्शनकै आधारमा भारतले घरेलु मैदानमा विश्वकपको उपाधि उचालेको थियो ।

नम्बर ४ मा किन यति धेरै बहस ?
नम्बर–४ पोजिसनलाई कुनै पनि टोलीको ब्याटिङ अर्डरको मेरुदण्ड भनिन्छ, किनभने शीर्ष क्रम असफल भएमा स्कोर अगाडि बढाउने र टोलीलाई विघटन हुनबाट बचाउने जिम्मेवारी नम्बर–४ ब्याट्सम्यानको हुन्छ । त्यसैले यो पोजिसनमा बलियो, कुशल र अनुभवी ब्याट्सम्यान राखिन्छ, जो सबै अवस्थामा खेल्न सक्षम हुन्छ ।

यति महत्वपूर्ण भएपछि किन खाली छ नम्बर ४ को पद ?
सन् २०१९ को विश्वकपमा यो भूमिकाका लागि विजय शंकरलाई छनोट गरिएको थियो तर उनी असफल भए । यसपछि श्रेयस अय्यर यो नम्बरमा खेले तर उनी अझै घाइते छन् । अय्यर अस्ट्रेलियाविरुद्धको घरेलु टेष्ट सिरिजमा घाइते भएका थिए ।

१. अय्यर फिट हुँदा खेल्ने पक्का


श्रेयस अय्यरको प्रदर्शन नम्बर ४ मा परेका खेलाडीमध्ये उत्कृष्ट रहेको छ । पछिल्लो विश्वकपपछि अय्यर यस मैदानमा भारतका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । २०१९ देखि, अय्यरले नम्बर–४ मा भारतका लागि खेलेका २२ खेलहरूमा ४७.३५ को औसतमा ८०५ रन बनाएका छन् । जसमा उनले २ शतक र ५ अर्धशतक प्रहार गरेका छन् ।

अघिल्लो वर्ष पनि अय्यर उत्कृष्ट लयमा थिए । उनले सन् २०२२ मा सर्वाधिक ७२४ रन बनाएका थिए । जसमा एक शतक र ६ अर्धशतक समावेश छ । यदि अय्यर विश्वकपअघि पूर्णरूपमा फिट भए भने यो पदका लागि चयनकर्ताको पहिलो रोजाइ हुनेछ ।

२. केएल राहुलः ६३.०० को औसतमा रन


यदि अय्यर चोटका कारण छनोट हुन नसकेमा केएल राहुललाई नम्बर–४ पोजिसनमा प्रयास गर्न सकिन्छ । पछिल्लो विश्वकपपछि केएल राहुलले ४ खेलमा ६३.०० को औसतमा १८९ रन बनाएका छन् । यसमा एक शतक पनि समावेश छ । समग्र करियरलाई हेर्दा राहुलले नम्बर ४ मा ४०.१६ को औसतमा २४१ रन बनाएका छन् । यसमा एक शतक समावेश छ ।

३. अजिंक्य रहाणेः करियरको २८.४६ प्रतिशत रन नम्बर ४ मा आएर बनाए


अजिंक्य रहाणेले विगत ५ वर्षदेखि टीम इण्डियाका लागि कुनै पनि एकदिवसीय खेल खेलेका छैनन् तर आइपिएलको अघिल्लो प्रदर्शन र हालैको फर्मका कारण उनी नम्बर ४ मा बलियो दावेदार हुन् । रहाणेले आईपीएल २०२३ मा चेन्नईबाट खेलेका १४ खेलहरूमा १७२.४९ को स्ट्राइक रेटमा ३२६ रन बनाएका छन् । जसमा दुई अर्धशतक पनि छन् । रहाणेले चेन्नईबाट मिडल अर्डरको कमान्ड लिए र शीर्ष क्रम फ्लप हुँदा धेरै पटक स्कोर अगाडि बढाए, जुन नम्बर–४ को सबैभन्दा ठूलो माग हो ।

रहाणेले करियरको २८.४६ प्रतिशत रन नम्बर ४ मा ब्याटिङ गर्दै बनाएका छन् । टीम इन्डियाका लागि रहाणेले २५ खेलमा चौथो नम्बरमा ब्याटिङ गर्दै ३६.६५ को औसतमा ८४३ रन बनाएका छन् । जसमा ६ अर्धशतक समावेश छ । रहाणेले नम्बर १ मा सर्वाधिक १४८८ र नम्बर २ मा ४४९ रन बनाएका छन् ।